मातृत्व कथामा नारीचेतना

Authors

  • Archana Sapkota शिक्षण सहायक, महेन्द्र बहुमुखी क्याम्पस, धरान

Keywords:

उत्पीडन, नराधम, नारीचेतना, मातृत्व, मांशल, विधवा

Abstract

प्रस्तुत लेखमा कथाकार भागीरथी श्रेष्ठद्वारा रचना गरिएको कथासङ्ग्रह (२०४३) मा सङ्कलित मातृत्व कथालाई नारीचेतनामा आधारित रही अध्ययन विश्‍लेषण गरिएको छ । प्रस्तुत लेख गुणात्मक अनुसन्धान ढाँचामा केन्द्रित रहेको छ । यस लेखमा मातृत्व कथामा नारीचेतना केकसरी अभिव्यक्त भएको छ भन्ने मुख्य समस्यालाई उठाई ती समस्याहरूको प्राज्ञिक समाधानका क्रममा उठाइएका मुख्यमुख्य कुरालाई मात्र विश्‍लेषण गरिएको छ । कथामा नेपाली समाजका सामाजिक, सांस्कृतिक सङ्कीर्णताबाट उत्पीडित नारीहरूको मनोदशालाई केलाउने प्रयत्न गरिएको छ । नारीअस्तित्वको विषयलाई ‘समकालीन कथामा नारीचेतना’ शीर्षकको अनसन्धानमूलक लेखमा डा. अम्बिका अर्यालले प्रस्तुत गरेको नारीचेतनाको सैद्धान्तिक पर्याधारलाई  आधार मानेर मातृत्व कथाको विश्‍लेषण गरिएको छ । पाठपरक विश्‍लेषण विधिमा लेखिएको यस लेखमा विधवा नारीहरूलाई नेपाली समाजले हेर्ने दृष्टिकोण, पितृसत्तात्मक सामाजिक संरचना र व्यवहारको अध्ययन गरी विश्‍लेषण गरिएको छ । प्रस्तुत अध्ययनमा श्रेष्ठको मातृत्व कथालाई प्राथमिक स्रोतसामग्रीका रूपमा प्रयोग गरिएको छ भने मातृत्व कथाका बारेमा विभिन्न लेखकहरूद्वारा लेखिएका अनुसन्धानमूलक लेखरचना र पुस्तक आदि उपलब्ध सामग्रीहरूलाई द्वितीयक स्रोतसामग्रीका रूपमा उपयोग गरिएको छ । यस कथामा प्रस्तुत गरिएको विविध सन्दर्भ र विषयको सापेक्षतामा रही यस लेखमा विधवा नारीको जीवन, नारीहरूका चुनौती, शाश्वत् शक्तिका रूपमा रहेको मातृत्वको महत्त्व प्रस्ट्याउँदै अन्त्यमा आमा नै जीवनको मू लस्रोत हो भन्ने निष्कर्ष निकालिएको छ ।

Abstract
0
PDF
0

Downloads

Published

2026-07-03

How to Cite

मातृत्व कथामा नारीचेतना. (2026). ज्ञानदिप Gyandeep, 11(01), 11-18. https://doi.org/10.3126/gyandeep.v11i01.96614

Issue

Section

Articles

How to Cite

मातृत्व कथामा नारीचेतना. (2026). ज्ञानदिप Gyandeep, 11(01), 11-18. https://doi.org/10.3126/gyandeep.v11i01.96614