चेतनप्रवाहमा सारेगमप लामो कवितामा डायोस्पोरिक चेतना

Authors

  • Ambika Aryal पद्मकन्या बहुमुखी क्याम्पस

Keywords:

डायस्पोरिक, पहिचान, विघटन, विस्थापन, सङ्कट

Abstract

लालगोपाल सुवेदीको ‘चेतनप्रवाहमा सारेगमप’ शीर्षकको लामो कवितामा डायोस्पोरिक चेतना पाइन्छ । डायोस्पोरिक लेखनमा जन्मभूमिबाट टाढा भएका मानिसहरूको जीवन, पहिचान सङ्घर्ष, संस्कृति, भाषा र सम्झनालाई विषय बनाइएका हुन्छन् । डायोस्पोरिक चेतनायुक्त साहित्यिक रचनामा विस्थापन, स्वदेशप्रतिको मोह, पहिचान सङ्कट, बहुसांस्कृतिक द्वन्द्व र घरको खोजीजस्ता विषयहरूलाई प्रस्तुत गरिएको हुन्छ । सुवेदीका ‘चेतनप्रवाहमा सारेगमप’ शीर्षकको लामोकवितामा पनि विदेशमा बसेका मानिसले गर्ने जन्मभूमिको सम्झना, चिन्ता, मोह, पहिचानको सङ्कट जस्ता विषयहरू समेटिएका छन् । तसर्थ यस कृतिमा अभिव्यक्त डायोस्पोरिक चेतना केकस्तो रहेको छ भन्ने प्राज्ञिक जिज्ञासा यसको शोध समस्या बनेको छ । यही जिज्ञासाको समाधान गर्नु नै यस लेखको उद्देश्य रहेको छ । यसका लागि सुवेदीको ‘चेतनप्रवाहमा सारेगमप’ पुस्तकलाई प्राथमिक सामग्रीका रूपमा र यस कृतिका बारेमा भएका समीक्षा तथा डायोस्पोरिक चेतनासम्बन्धी सैद्धान्तिक अवधारणा प्रस्तुत भएका कृतिलाई द्वितीयक सामग्रीका रूपमा लिइएको छ । यसमा पुस्तकालयीय कार्यबाट नै सामग्रीको सङ्कलन गरिएको छ । सामग्रीको विश्‍लेषण भने पाठमा आधारित भएर विश्‍लेषणात्मक तथा वर्णनात्मक पद्धतिबाट गरिएको छ । डायोस्पोरिक चेतनासम्बन्धी सैद्धान्तिक दृष्टिकोणका आधारमा कृतिको विश्‍लेषण गरी प्राज्ञिक जिज्ञासाको निरूपण गरिएको हुनाले यसमा निगमनात्मक विधिको प्रयोग गरिएको छ । गुणात्मक प्रवृत्तिको यस लेखमा विस्थापन, स्वदेशप्रतिको मोह, पहिचान सङ्कट, बहुसांस्कृतिक द्वन्द्व र घरको खोजीजस्ता डायस्पोरिक चेतनाका प्रमुख बुँदाका आधारमा कृतिको विश्‍लेषण गरी निष्कर्षमा पुगिएको छ । यसबाट सुवेदीको यस कृतिमा अमेरिकामा बसेर नेपाली समाजमा भएका विकृति र विसङ्गतिको चिरफार गरी इतिहास, संस्कृति तथा पहिचानप्रतिको चिन्ता व्यक्त गरिएको सन्दर्भका माध्यमबाट डायस्पोरिक चेतना प्रबल बनेको निष्कर्ष निकालिएको छ ।

Abstract
0
PDF
0

Downloads

Published

2026-07-03

How to Cite

चेतनप्रवाहमा सारेगमप लामो कवितामा डायोस्पोरिक चेतना. (2026). ज्ञानदिप Gyandeep, 11(01), 1-10. https://doi.org/10.3126/gyandeep.v11i01.96609

Issue

Section

Articles

How to Cite

चेतनप्रवाहमा सारेगमप लामो कवितामा डायोस्पोरिक चेतना. (2026). ज्ञानदिप Gyandeep, 11(01), 1-10. https://doi.org/10.3126/gyandeep.v11i01.96609