सन्दर्भवादी पद्धतिका आधारमा बैतडेली गौदान लोकगीतको अध्ययन
Keywords:
गौदान, दिएणो, घिरद, कइलु, थुमAbstract
प्रस्तुत अध्ययन कार्यको शीर्षक सन्दर्भवादी पद्धतिका आधारमा बैतडेली गौदान लोकगीतको अध्ययन राखिएको छ । यस अध्ययन कार्यमा बैतडी जिल्लाका लोकसमुदायमा विवाहका क्रममा गाइने गीतलाई मुख्य विषयवस्तु बनानइएको छ । यस अध्ययन कार्यमा बैतडेली गौदान लोकगीत गाउँदा कस्ता सन्दर्भगत प्रस्तुति गरिन्छन् भन्ने मूल समस्या लिइएको छ । उक्त समस्यालाई मध्यनजर गरी उक्त बैतडेली लोकगीतको अध्ययन र विश्लेषण गरी संवद्र्धन गर्ने उद्देश्य लिइएको छ । यसमा गौदान लोकगीत सङ्कलन गर्न बेतडी जिल्लाको पाटन क्षेत्रलाई केन्द्र मानिएको छ । यहाँबाट उक्त लोकगीत सङ्कलन गर्न मुख्य लोकगायिका र अन्य सहयोगी लोकगायिकालाई सूचकको रूपमा छनोट गरिएको छ । उक्त लोकगीतलाई विषयगत सीमा, पाटनलाई अध्यनीय क्षेत्रगत सीमा, सन्दर्भवादी पद्धतिलाई सैद्धान्तिक सीमा मानिएको छ । त्यसै गरी वर्णनात्मक विधि र विश्लेषणात्मक विधि चाहिँ विधिगत सीमा मानिएका छन् । बैतडेली गौदान लोगीतको अध्ययनबाट यहाँको संस्कार कार्यलाई बचाउन, पुर्खाको सम्पत्ति हस्तान्तरण गर्न र सस्ंकार गीतलाई जीवन्त राख्ने अपक्षा गरिएको छ । यस अध्ययन कार्यबाट बैतडेली गौदान लोकगीतले सैद्धान्तिक रूप ग्रहण गरी एउटा लिखित सङ्ग्रह नै बनाउने काम गरिएको छ । यसबाट भावी सन्ततिका लागि एक मार्गदर्शन बन्ने विश्वास पनि लिइएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.