मोहन कोइरालाको ‘सिमसारका राजदूत’ लामो कवितामा पर्यावरणीय चेतना

Authors

  • Hema Joshi सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस, कञ्चनपुर https://orcid.org/0009-0002-1895-4489

Keywords:

पर्यावरण, चेतना, सिमसार, जैविक, प्राकृतिक

Abstract

प्रस्तुत लेखमा ‘सिमसारका राजदूत’ लामो कवितामा पर्यावरणीय चेतनाको आधारमा अध्ययन विश्लेषण गरिएको छ । यसका लागि पुस्तकालयीय विधिबाट प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरुको सङ्लन, अध्ययन र विश्लेषण गरी निष्कर्षमा पुग्ने प्रयास गरिएको छ । सिमसारका राजदूत कोइराद्वारा लिखित पर्यावरणीय चिन्तनमा आधारित लामो कविता हो । यस लामो कवितालाई सिमसारका राजदूत लामो कवितामा पर्यावरणीय चेतना कसरी प्रयोग गरिएको छ, प्राकृतिक पर्यावरण र मानवीय पर्यावरणमा के कस्तो भिन्नता रहेको छ भन्ने कोणबाट सूक्ष्म विश्लेषण गरिएको छ । सिमसारको राजदूत लामो कविताले ले सिमसार क्षेत्रको प्राकृतिक सौन्दर्यलाई चित्रण गर्नुका साथै मानवीय गतिविधिका कारण हुने विनाशको यथार्थपरक चित्र पनि देखाएको छ । सिमसारका राजदूत लामो कविताले सिमसार क्षेत्रको प्राकृतिक सौन्दर्य, जैविक विविधता र यसको संरक्षणको महत्त्वलाई उजागर गर्छ । कविले पर्यावरण संरक्षणको महत्त्वलाई सिर्जनात्मक रूपमा प्रस्तुत गरेका छन् । सिमसारको रक्षा गर्न र जैविक विविधताको संरक्षण गर्न सबैलाई चेतना दिन यो कविता कसरी प्रेरणादायी बनेको छ, भन्ने कुरालाई यस लामो कवितामा देखाएको छ । प्रस्तुत लामो कविताको मूल प्रवृत्तिका रुपमा रहेको पर्यावरणीय चेतनाको महत्तो महत्त्वपूर्ण दृष्टिकोणबाट कविताको अध्ययन गरिएको छ । यस लेखमा मोहन कोइरालाको सिमसारको राजदूत लामो कवितालाई विभिन्न कोणबाट अध्ययन विश्लेषण गरी निष्कर्ष निकालिएको छ।

 

Downloads

Download data is not yet available.
Abstract
37
pdf
16

Author Biography

Hema Joshi, सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस, कञ्चनपुर

विद्यावारिधि अनुसन्धानरत

Downloads

Published

2025-08-11

How to Cite

Joshi, H. (2025). मोहन कोइरालाको ‘सिमसारका राजदूत’ लामो कवितामा पर्यावरणीय चेतना. GS WOW: Wisdom of Worthy Research Journal, 4(1), 133–137. Retrieved from https://nepjol.info/index.php/gswow/article/view/82918

Issue

Section

Articles