मोहन कोइरालाको ‘सिमसारका राजदूत’ लामो कवितामा पर्यावरणीय चेतना

Authors

  • Hema Joshi सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस, कञ्चनपुर https://orcid.org/0009-0002-1895-4489

Keywords:

पर्यावरण, चेतना, सिमसार, जैविक, प्राकृतिक

Abstract

प्रस्तुत लेखमा ‘सिमसारका राजदूत’ लामो कवितामा पर्यावरणीय चेतनाको आधारमा अध्ययन विश्लेषण गरिएको छ । यसका लागि पुस्तकालयीय विधिबाट प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरुको सङ्लन, अध्ययन र विश्लेषण गरी निष्कर्षमा पुग्ने प्रयास गरिएको छ । सिमसारका राजदूत कोइराद्वारा लिखित पर्यावरणीय चिन्तनमा आधारित लामो कविता हो । यस लामो कवितालाई सिमसारका राजदूत लामो कवितामा पर्यावरणीय चेतना कसरी प्रयोग गरिएको छ, प्राकृतिक पर्यावरण र मानवीय पर्यावरणमा के कस्तो भिन्नता रहेको छ भन्ने कोणबाट सूक्ष्म विश्लेषण गरिएको छ । सिमसारको राजदूत लामो कविताले ले सिमसार क्षेत्रको प्राकृतिक सौन्दर्यलाई चित्रण गर्नुका साथै मानवीय गतिविधिका कारण हुने विनाशको यथार्थपरक चित्र पनि देखाएको छ । सिमसारका राजदूत लामो कविताले सिमसार क्षेत्रको प्राकृतिक सौन्दर्य, जैविक विविधता र यसको संरक्षणको महत्त्वलाई उजागर गर्छ । कविले पर्यावरण संरक्षणको महत्त्वलाई सिर्जनात्मक रूपमा प्रस्तुत गरेका छन् । सिमसारको रक्षा गर्न र जैविक विविधताको संरक्षण गर्न सबैलाई चेतना दिन यो कविता कसरी प्रेरणादायी बनेको छ, भन्ने कुरालाई यस लामो कवितामा देखाएको छ । प्रस्तुत लामो कविताको मूल प्रवृत्तिका रुपमा रहेको पर्यावरणीय चेतनाको महत्तो महत्त्वपूर्ण दृष्टिकोणबाट कविताको अध्ययन गरिएको छ । यस लेखमा मोहन कोइरालाको सिमसारको राजदूत लामो कवितालाई विभिन्न कोणबाट अध्ययन विश्लेषण गरी निष्कर्ष निकालिएको छ।

 

Abstract
85
pdf
0

Author Biography

Hema Joshi, सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस, कञ्चनपुर

विद्यावारिधि अनुसन्धानरत

Downloads

Published

2025-08-11

How to Cite

मोहन कोइरालाको ‘सिमसारका राजदूत’ लामो कवितामा पर्यावरणीय चेतना. (2025). GS WOW: Wisdom of Worthy Research Journal, 4(1), 133–137. https://nepjol.info/index.php/gswow/article/view/82918

Issue

Section

Articles

How to Cite

मोहन कोइरालाको ‘सिमसारका राजदूत’ लामो कवितामा पर्यावरणीय चेतना. (2025). GS WOW: Wisdom of Worthy Research Journal, 4(1), 133–137. https://nepjol.info/index.php/gswow/article/view/82918