भाषा शिक्षकहरुको वृत्ति विकासमा विश्वविद्यालयहरुको योगदान
Keywords:
गुणात्मक, पूनर्ताजगीकरण, एकीकृत, प्राविधिक, तालिम, वृत्तिAbstract
प्रस्तुत आलेख भाषा शिक्षकहरूको वृत्ति विकासमा विश्वविद्यालयहरूको योगदानबारे केन्द्रित छ । नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा तथा शिक्षाको माध्यम भएकाले नेपाली भाषामा शिक्षण गर्न शिक्षकको वृत्ति र विकासको आवश्यकता पर्दछ । शिक्षकको वृत्ति विकासका लागि शिक्षा ऐन २०२८ तथा नियमावलीअनुसार शिक्षा मन्त्रालयको मातहतमा विभिन्न विश्वविद्यालयहरूले काम गर्दै आएका छन् । यी विश्वविद्यालयहरूले शिक्षकको पेसागत विकासमा पु¥याएको योगदानका साथै पेसागत विकासका आधारहरू र आवश्यकताका बारेमा यस लेखमा चर्चा गरिएको छ । उच्च शिक्षाका लागि सञ्चालन गरिएका अध्ययन संस्थान तथा सङ्काय मिलेर बनेको संस्थालाई विश्वविद्यालय भनिन्छ । उच्च शिक्षाका विभिन्न विषयहरू अध्ययन गरिने संस्था नै विश्वविद्यालय हो । यी संस्थाले प्रत्यक्ष वा परोक्ष रूपमा नेपाली भाषा शिक्षकको पेसागत उन्नयनमा सहयोग गरी दक्ष शिक्षक निर्माणमा योगदान पुर्याएका छन् । लेख तयार पार्न पुस्तकालयको उपयोग गरी सङ्कलित प्राथमिक र द्वितीयक स्रोतका सामग्रीलाई तर्क, प्रमाण र उदाहरणका आधारमा विश्लेषण गरिएको छ । शिक्षकलाई नवीनतम विधि तथा प्रविधिसँग परिचित गराउनुका साथै अद्यावधिक गराउने कार्यमा यी संस्थाको महत्त्वपूर्ण भूमिका रहेको छ । यस लेखमा शिक्षकको वृत्ति र विकासमा योगदान पुर्याउने शिक्षाशास्त्र सङ्कायले अध्यापन गराउने विश्वविद्यालयलाई मात्र लिइएको छ । अध्ययनले शिक्षकको वृत्ति र विकासमा विश्वविद्यालयहरूले प्रभावकारी भूमिका खेल्नु पर्ने निष्कर्ष निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2024 The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.