प्रतिगन्ध उपन्यासमा पर्यावरणीय सौन्दर्य

Authors

  • जगतमणि Jagatmani सोती Soti उपप्राध्यापक, नेपाल संस्कृत विश्वविद्यालय https://orcid.org/0009-0005-9180-0023

Keywords:

ग्राम्यपन, परिदृश्य, पर्यावरण, प्रतिगन्ध, सौन्दय

Abstract

प्रस्तुत लेख पर्यावरणीय सौन्दर्यका दृष्टिले प्रतिगन्ध उपन्यासको सङ्क्षिप्त अध्ययन विश्लेषण केन्द्रित रहेको छ । पर्यावरणीय सौन्दर्य भन्नाले प्राकृतिक सुन्दरता वा हरभरा भन्ने बुझिन्छ । ‘प्रतिगन्ध’ सरुभक्त श्रेष्ठद्वारा लिखित उपन्यास हो । यस उपन्यासमा प्रशस्त मात्रामा प्राकृतिक परिदृश्यहरूको वर्णन गरिएको छ । त्यसक्रममा उपन्यासकारले पर्यावरणीय सचेततामा पनि ध्यान दिएका छन् । नेपाली साहित्य समालोचनाका क्षेत्रमा प्रचलित विभिन्न मान्यताहरू मध्ये पर्यावरणीय सिद्धान्त पनि एक हो यसलाई प्रकृतिकेन्द्री अन्तर्विषयक समालोचना पनि भनिन्छ । ‘प्रतिगन्ध’ उपन्यासलाई पर्यावरणीय साहित्य सिद्धान्तका आधारमा मूल्याङ्कन गर्दा पर्यावरणीय सौन्दर्यका दृष्टिले उपयुक्त रहेको कुरा स्पष्ट हुन्छ । यस उपन्यासमा अमेरिकी समाज तथा नेपाली समाजको सभ्यता, संस्कृति र इतिहासको वर्णन गरिएको छ । त्यसक्रममा कतिपय रमणीय प्राकृतिक स्थल एवं पारिस्थितिक पद्धतिको विषयमा चर्चा गरिएको छ । खासगरी सपनाको देश अमेरिका पुगेर नेपालीहरूले झेल्नु परेका समस्या तथा नेपालप्रतिको उनीहरूको सकारात्मक दृष्टिकोण नै यस उपन्यासको मुख्य विषयवस्तुका रूपमा देखा परेको छ । त्यसक्रममा प्रकृति चित्रण र पर्यावरणीय सौन्दर्यलाई समेत महत्व प्रदान गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
13
pdf
7

Downloads

Published

2024-12-31

How to Cite

सोती Soti ज. J. (2024). प्रतिगन्ध उपन्यासमा पर्यावरणीय सौन्दर्य. GS WOW: Wisdom of Worthy Research Journal, 3(2), 101–105. Retrieved from https://nepjol.info/index.php/gswow/article/view/75445

Issue

Section

Articles