अनुसन्धानको आधारमा बहुभाषिक कक्षामा समूह विभाजनः समस्या र समाधान
Keywords:
बहुभाषिक कक्षा, मातृभाषा, समावेशी कक्षा, अनुसन्धानAbstract
प्रस्तुत आलेख अनुसन्धानका आधारमा बहुभाषिक कक्षामा समूह विभाजनः समस्या र समाधान बारे अध्ययनमा केन्द्रित छ । विविध मातृभाषी भएका विद्यार्थीहरूको कक्षा बहुभाषिक कक्षा हो । नेपाल बहुभाषी र बहुजाति मुलुक भएका कारण नेपालका ग्रामीणभन्दा सहरी क्षेत्रमा बहुभाषिक कक्षा बढी देखिन्छन् । यस्तो कक्षामा नेपाली भाषा शिक्षण चुनौतीपूर्ण हुन्छ । नेपालका सामुदायिक विद्यालयहरूमा नेपाली मातृभाषा हुनेहरूका हकमा शिक्षाको पूर्ण माध्यमका रूपमा मातृभाषा सम्भव रहेको र नेपाली भाषा दोस्रो भाषाका रूपमा सिक्ने विद्यार्थीहरूका लागि भने आवश्यकतानुसार मौखिक मात्र भए पनि मातृभाषाको प्रयोग गरी शिक्षण सहजीकरण गरिदिनु पर्ने स्थितिलाई बहुभाषी कक्षाको अर्थमा लिइएको छ । लेख तयार पार्ने सन्दर्भमा मूलतः पुस्तकालयको उपयोग गरी सङ्कलन गरिएका प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरूबाट प्राप्त तथ्यलाई तर्क, प्रमाण र उदाहरणका आधारमा वर्णनात्मक विधिद्वारा विश्लेषण गरिएको छ । बहुभाषिक मुलुकमा भाषाबारे व्यवस्थित भाषानीति र योजना आवश्यक हुन्छ । प्रस्तुत अध्ययनमा अनुसन्धानको आधारमा बहुभाषिक कक्षामा समूह विभाजनको प्रयास भए पनि भाषा शिक्षणका सन्दर्भमा बहुभाषी विद्यार्थीहरूले एउटै भाषामा उपस्थित हुनुपर्दा शिक्षक विद्यार्थी दुवैलाई कठिनाइहरू आउने गरेका छन् । प्रस्तुत लेखमा बहुभाषिक कक्षाको अर्थ, अनुसन्धान र बहुभाषिकताको सम्बन्ध, बहुभाषिकताको आवश्यकता, बहुभाषिक कक्षाका समस्या, बहुभाषी कक्षाको समूह विभाजन को व्याख्या विश्लेषण गरी निष्कर्षमा पुग्ने प्रयास गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.