पूर्वीय साहित्यशास्त्रमा अलङ्कारवाद
DOI:
https://doi.org/10.3126/gd.v9i1.68549Keywords:
शब्दालङ्कार, अर्थालङ्कार, साहित्यशास्त्र, सहभाव, काव्यसौन्दर्यAbstract
पूर्वीय साहित्यशास्त्रका क्षेत्रमा विभिन्न प्रकारका साहित्यिक वादहरू स्थापित भएका पाइन्छन् । ती वादहरूमध्ये अलङ्कारवाद पनि एक हो । रसवाद, ध्वनिवाद, रीतिवाद, वक्रोक्तिवाद, औचित्यवाद जस्तै अलङ्कारवादको पनि पूर्वीय साहित्यशास्त्रका क्षेत्रमा विशेष रूपमा चर्चा परिचर्चा गरिएको पाइन्छ । यो साहित्यको अध्ययन गर्ने महइभ्वपूर्ण वाद भएकाले ‘पूर्वीय साहित्यशास्त्रमा अलङ्कारवाद’ लेख सैद्धान्तिक प्रकृतिको लेख हो । यो लेख तयार गर्न मूलतः पुस्तकालयीय कार्यको उपयोग गरिएको छ । यस अनुसन्धानात्मक लेखमा गुणात्मक विधिको उपयोग गरिएको छ । प्रस्तुत अनुसन्धानात्मक लेखमा अलङ्कारवादका सम्बन्धमा भामहदेखि जगन्नाथसम्मका आचार्यहरूका मान्यताहरूको अध्ययन गरिएकाले यसमा ऐतिहासिक विकासक्रम देखाउने द्विरेखीय पद्धति अँगालिएको छ । पूर्वीय काव्यशास्त्रका क्षेत्रमा अलङ्कारको महइभ्वपूर्ण स्थान रहेको परिणाम प्राप्तिका लागि अलङ्कार सिद्धान्तसम्बन्धी विभिन्न आचार्यका मान्यताको व्यापक छलफल गरिएको छ । यस लेखभित्र साहित्यशास्त्रमा अलङ्कारसम्बन्धी मान्यता, काव्यका लागि अलङ्कारलाई अनिवार्य तइभ्व मान्ने भामह, दण्डी, उद्भट, वामन, कुन्तक, भोज, क्षेमेन्द्र, व्यास, वाग्भट, जयदेव, केशव मिश्र आदि आचार्यहरूका मान्यता र काव्यका लागि अलङ्कारलाई ऐच्छिक तइभ्व मान्ने आनन्दवर्धन, मम्मट, रुøयक, हेमचन्द्र, शोभाकर मिश्र, विश्वनाथ, विद्यानाथ, विद्याधर र जगन्नाथ आदि आचार्यहरूका मान्यताहरूको अध्ययन गरिएको छ । यसबा साथै काव्यमा अलङ्कारको स्थानका सम्बन्धमा तटस्थ देखिएका भरत, रुद्रट र अप्पयदीक्षितका मान्यताहरूको पनि अध्ययन गरिएको छ । भरतदेखि जगन्नाथसम्मका २३ जना आचार्यहरूका अलङ्कारसम्बन्धी मान्यताको विश्लेषण गरिएकाले प्रस्तुत लेख साहित्यमा अलङ्कारको अध्ययन गर्न चाहने व्यक्तिका लागि अत्यन्त उपयोगी हुने देखिन्छ ।