‘तरुण तपसी’को तृतीय विश्राममा प्रकृति र विकृति चिन्तन
DOI:
https://doi.org/10.3126/fwje.v1i1.68967Keywords:
क्षणभङ्गुर, आधिभौतिक, पञ्चतन्मात्रा आदिदैविक, विदेहमुक्ति, समाधिAbstract
प्रस्तुत अध्ययनमा नेपाली दार्शनिक महर्षि कपिलद्वारा प्रतिपादित साङ्ख्य दर्शन अन्तर्गतको प्रकृति र विकृति चिन्तनसम्बन्धी सैद्धान्तिक मान्यताका आधारमा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित काव्य तरुण तपसीको तृतीय विश्रामका विभिन्न पाँच वटा श्लोकहरूमा प्रयोग गरिएको दार्शनिक चिन्तनको स्वरूप केकस्तो रहेको छ भनी पुस्तकालयीय अध्ययनमा आधारित रही व्याख्याविश्लेषण प्रस्तुत गरिएको छ । दार्शनिक कवि ले खनाथको महत्वपूर्ण काव्य ‘तरुण तपसी’मा प्रयुक्त दर्शनलाई पहिल्याएर त्यसको विश्लेषण गर्नु यस अध्ययनको प्रमुख उद्देश्य हो । जगत् र जीवनको सृष्टिका मूल चार पदार्थ र पच्चिस तत्वको सङ्ख्या नै साङ्ख्य दर्शनको मुख्य विषय हो । उद्धृत साक्ष्यहरूमा साङ्ख्य दर्शनले मानेका प्रकृति पदार्थ र विकृति पदार्थ अन्तर्गतका सोह्र तत्वहरू, त्रिगुण र त्रितापको प्रसङ्ग उल्लेख छ । यहाँ उद्धृत प्रथम साक्ष्यमा विकृति पदार्थ अन्तर्गतका जलतत्व र पृथ्वीतत्वको सम्बन्ध प्रगाढ छ र यी तत्वहरूबाट प्राणीजगत्लाई अलौकिक आनन्द प्राप्त हुन्छ भन्ने भाव रहेको छ । दोस्रो साक्ष्यमा अनेक जीवजन्तु र प्राणीका इन्द्रियजन्य आधिभौतिक तापहरूलाई सहन गर्नु परेको दार्शनिक भाव पाइन्छ । तेस्रो साक्ष्यमा पञ्चभौतिक तत्वकै रसबलले र्नििर्मत भौतिक शरीरका अङ्गहरू सबल र सुगठित हुँदा हृदयमा पनि खुसीको अनुभव हुने विचारलाई अघि सारिएको देखिन्छ । चौथो उद्धृतांशमा मनतत्वको चञ्चलता, क्षणभङ्गुर भौतिक शरीरको उत्थानमा खुसी र पतनमा दुःखी भइने प्रकृतिविकृतिको चक्रीय प्रक्रियाको अभिव्यक्ति प्रस्तुत छ । विवेचित पाँचौँ तथा अन्तिम श्लोकमा क्षणभङ्गुर भौतिक शरीरमा वास गरेर अनेक सङ्कल्प, तृष्णा र महत्वकाङ्क्षा पाल्ने अति सूक्ष्म मनतŒवको शक्ति चामत्कारिक भएको दार्शनिक भावको अभिव्यक्ति गरिएको छ । दर्शनजस्तो गहन र निरस विषय यहाँ सरल र सरस ढङ्गले हाम्रा जीवनको अभिन्न अङ्ग बनेर प्रस्तुत छ । त्यसैले यहाँ प्रस्तुत विषय पठनीय र मननीय रहेको देखिन्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.