दार्चुलेली भाषाका व्याकरणात्मक कोटिको अध्ययन

Authors

  • भुवेश्वरी Bhuweshwari बडू Badu सुदूरपश्चिम विश्वविद्यालय, केन्द्रीय क्याम्पस

DOI:

https://doi.org/10.3126/fwje.v1i1.68966

Keywords:

ध्वन्यात्मक व्याकरणात्मक कोटी, रुपायनिक मानवेत्तर, लोपोन्मुख

Abstract

यस लेखमा दार्चुलेली भाषाका व्याकरणात्मक कोटिको अध्ययन गरिएको छ । भाषालाई मानवीय सञ्चार मानिएको छ । यो हाम्रो जीवनको महत्वपूर्ण वस्तु पनि हो । भाषालाई चलायमान गराउने, व्यवस्थित र अनुशासनमा बाँध्ने काम व्याकरणले गर्दछ । यसै अर्थमा कुनै भाषाका अर्थपूर्ण उच्चारणहरूको विन्यासलाई व्याकरण भनिन्छ ।  दार्चुलेली भाषा सुदूर पश्चिम प्रदेशको दार्चुला जिल्लामा बोलिने भाषा हो । व्याकरणिक कोटि भन्नाले रुपको व्याकरणिक तत्व पहिचान गर्ने कोटि हुन । प्रस्तुत लेखको उद्देश्य दार्चुलेली भाषाका व्याकरणात्मक कोटिको पहिचान गरी तुलनात्मक अध्ययन गर्नु रहेको छ । उल्लेखित उद्देश्य परीपूर्तिका लागि गुणात्मक ढाँचा अपनाइ भाषा व्याकरणका सैद्धान्तिक मान्यताका आधारमा यस लेखलाई पूर्णता प्रदान  गरिएको छ  । यस लेखका लागि दार्चुलेली भाषी वक्ताहरुबाट प्राथमिक सामग्री सङ्कलन गरी भाषा व्याकरणका पुस्तकहरुबाट द्धितीयक स्रोतका सामग्रीहरुको सङकलन गरिएको छ । नेपाली भाषा र दार्चुलेली भाषामा व्याकरणात्मक कोटि सङ्ख्यात्मक रुपमा समान रहेपनि दार्चुलेली भाषामा व्याकरणात्मक कोटिको  प्रयोगको अवस्था केही फरक रहेको छ । दार्चुलेली भाषामा मानवेत्तर नामको पनि लिङगभेद छुटयाइएको  पाइन्छ । त्यसैगरी दार्चुलेली भाषाामा बहुवचन जनाउन उनून, हमून, तनून, तमून जस्ता प्रत्ययको प्रयोग  गरिन्छ भने आदरार्थी प्रयोगमा ‘तम्‘ मात्र प्रयोग हुने गर्दछ । दार्चुलेली भाषामा व्याकरणात्मक कोटि प्रयोगमा रुपात्मक र ध्वन्यात्मक तहमा प्रशस्त अन्तर रहेको पाइन्छ । यस अधययनले दार्चुलेली भाषाका बारेमा जान्न चाहाने जो कोहीलाई पनि सहयोग गर्ने छ तसर्थ दार्चुलेली भाषाका स्थानीय पाठ्यक्रम निर्माता, अनुसन्धाता, विद्यार्थी, शिक्षक आदिका लागि यो उपयोगी हुनेछ । क्षेत्रकार्य र गुणात्मक ढाँचा अपनाइ दार्चुलेली भाषाका व्याकरणात्मक कोटिको अध्ययनको अवस्था के–कस्तो रहेको छ भन्ने निष्कर्षमा पुग्ने प्रयास यस अध्ययनमा  गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
37
PDF
30

Author Biography

भुवेश्वरी Bhuweshwari बडू Badu, सुदूरपश्चिम विश्वविद्यालय, केन्द्रीय क्याम्पस

उप प्राध्यापक

Downloads

Published

2024-08-22

How to Cite

बडू Badu भ. B. (2024). दार्चुलेली भाषाका व्याकरणात्मक कोटिको अध्ययन. Far Western Journal of Education, 1(1), 86–105. https://doi.org/10.3126/fwje.v1i1.68966

Issue

Section

Articles