भस्मासुरको नलीहाड नाटकका पात्रमा विसङ्ति

Authors

  • ठाकुरप्रसाद Thakur Prasad पोख्रेल Pokhrel Mechi Multiple Campus, Jhapa, Tribhuvan University

DOI:

https://doi.org/10.3126/dristikon.v14i1.66075

Keywords:

असङ्गत, अस्तित्वहीन, निस्सार, विनाश, शून्यता

Abstract

भस्मासुरको नलीहाड नाटकका पात्रमा विसङ्गति शीर्षकको लेख ध्रुवचन्द्र गौतमद्वारा रचित नाटकमा केन्द्रित छ । यो नाटक पुराणमा वर्णित भस्मासुर दैत्यले शिवबाट वरदान प्राप्त गरेपछि त्यसको हातले शिवलाई समेत आतङ्कित बनाएको र केही समयपछि उसको आफ्नै शिरमा पुग्दा मृत्यु भएको प्रसङ्गमा आधारित छ । वर्तमान युगमा पनि नलीहाडको स्वरूपले मानिसहरूलाई आतङ्कित बनाएको छ । नाटकमा नलीहाडबाट जनावर, मानिस सबैको जीवनलीला समाप्त गरेको बुझेर पात्रहरू त्रसित बनेका छन् । जीवनमा सुख, सन्तुष्टिको चाहना भएकाहरूले अस्तित्वशाली बन्ने लक्ष पूर्ति गर्न सत्ता र शक्तिका निम्ति सङ्घर्ष गर्दा प्राप्त उपलब्धीसमेत समाप्त हुन पुगेको घटना विनयका माध्यमबाट प्रस्तुत भएको छ । सत्ता प्राप्तिका लागि मानिसहरू अघि बढिरहे पनि जीवन सोचेअनुसार हुँदैन । पौराणिक समयदेखि आजसम्म मानिस कहिल्यै शक्तिसम्पन्न बन्न सकेन, उसको सबै प्रयास विफल र निरर्थक हुन्छ भन्ने प्रसङ्ग देखाइएको छ । विश्लेषणका क्रममा विषय–परिचय, अध्ययनको विधि, विसङ्गतिवादको सैद्धान्तिक पर्याधार, भस्मासुरको नलीहाड नाटकको विश्लेषणजस्ता उपशीर्षकको प्रयोग गरिएको छ । प्रस्तुत नाटकभित्र प्रयुक्त विसङ्गत पात्रका जीवनमा देखापरेका जटिलताको चित्रण रहेको छ । पात्रहरू के कस्तो व्यवहार गर्दछन् भन्ने प्रसङ्गसहित कठोर अवस्थामा बाँचेकाहरूको जीवन विसङ्गत बनेको छ भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
99
PDF
73

Author Biography

ठाकुरप्रसाद Thakur Prasad पोख्रेल Pokhrel, Mechi Multiple Campus, Jhapa, Tribhuvan University

Associate Professor, Department of Nepali

Downloads

Published

2024-05-24

How to Cite

पोख्रेल Pokhrel ठ. T. P. (2024). भस्मासुरको नलीहाड नाटकका पात्रमा विसङ्ति. Dristikon: A Multidisciplinary Journal, 14(1), 250–258. https://doi.org/10.3126/dristikon.v14i1.66075

Issue

Section

Articles