चन्द्र गुरुङका कवितामा डायस्पोरिक चेतना

Authors

  • राजेश Rajesh विद्रोही Bidrohi Mahendra Multiple Campus, Dharan,Tribhuvan University

DOI:

https://doi.org/10.3126/dristikon.v14i1.66063

Keywords:

अतीत मोह, इच्छित, डायस्पोरा, पुख्र्यौली भूमि, कर्मभूमि

Abstract

प्रस्तुत अध्ययन जब एउटा मान्छे हराउँछ कविता सङ्ग्रहमा सङ्कलित कविताहरूमा अभिव्यञ्जित डायस्पोरिक चेतनाको विश्लेषणमा केन्द्रित छ । यस अध्ययनमा जब एउटा मान्छे हराउँछका कविताहरू र डायस्पोरिक चिन्तनको सम्बन्धलाई केलाइएको छ । यस सङ्ग्रहमा सङ्कलित कविताहरूमा मानवीय जीवनका विविध भावहरूको अभिव्यञ्जना पाइन्छ । यी कविताहरूमा प्रेम, घृणा, आँसु, हाँसो, विवशता, दुःख, पीडा, सङ्घर्ष, सपना, जीवनका अप्ठ्यारा जस्ता पक्ष कथ्य बनेर आएका छन् । कतिपय कवितामा प्राकृतिक सौन्दर्यको चित्रण पनि सुन्दर ढङ्गबाट गरिएको छ । सङ्ग्रहका केही कवितामा भने डायस्पोरिक चेतनाको भावाभिव्यञ्जन पनि भएको पाइन्छ । विभिन्न कारणले आप्mनो मूल थलो अर्थात् जन्मभूमि छाडेर अन्य देशमा बस्न बाध्य नेपाली डायस्पोराको पीडालाई उनले आप्mना कवितामा प्रस्तुत गरेका छन् । यसरी जन्मभूमिबाट टाढिन बाध्य नेपाली नागरिकका पीडालाई उजागर गर्ने यी कविताहरूले तिनका दुःख, सङ्घर्ष, र विवशताका पीडालाई यथार्थपरक ढङ्गमा प्रस्तुत गरेका छन् । सामग्री सङ्कलनका क्रममा जब एउटा मान्छे हराउँछ कविता सङ्ग्रहलाई प्राथमिक स्रोतका रूपमा र कविताहरूबारे गरिएका समीक्षा–समालोचना र शोध प्रतिवेदनलाई द्वितीयक स्रोतका रूपमा लिएर डायस्पोरासम्बन्धी सिद्धान्तका आधारमा गुणात्मक विधिबाट कविताको विश्लेषण गरिएको छ ।       

Downloads

Download data is not yet available.
Abstract
24
PDF
19

Author Biography

राजेश Rajesh विद्रोही Bidrohi, Mahendra Multiple Campus, Dharan,Tribhuvan University

Lecturer, Department of Nepali

Downloads

Published

2024-05-24

How to Cite

विद्रोही Bidrohi र. R. (2024). चन्द्र गुरुङका कवितामा डायस्पोरिक चेतना . Dristikon: A Multidisciplinary Journal, 14(1), 205–215. https://doi.org/10.3126/dristikon.v14i1.66063

Issue

Section

Articles