जनगणना २०६८ र २०७८ मा नेपालका भाषाहरूको पारिवारिक अवस्था
DOI:
https://doi.org/10.3126/dristikon.v14i1.66061Keywords:
जनगणना, प्रकार्य, भाषापरिवार, मातृभाषा, लोपोन्मुखताAbstract
नेपालमा प्रत्येक दश वर्षमा जनगणना गर्दा भाषिक तथ्याङ्कलाई पनि लिने गरिएको छ । जनसङ्ख्या थपघटसँगै भाषिक तथ्याङ्कमा पनि थपघट हुनु स्वाभाविक देखिन्छ । यस्तो उतारचढवलाई सन्दर्भ बनाएर नेपालको भाषिक तथ्याङ्कको विश्लेषण गर्ने प्रयोजनमा केन्द्रित रहेर यो लेख तयार पारिएको छ । यस लेखमा मूलत: २०६८ र २०७८ दुई वटा जनगणनामा प्राप्त भएका तथ्याङ्कका आधारमा नेपालका भाषाहरूको पारिवारिक अवस्थाको विश्लेषण गरिएको छ । यसका लागि प्रस्तुत लेखमा जनगणना २०६८ र २०७८ को भाषिक तथ्याङ्कलाई प्राथमिक सामग्रीका रूपमा उपयोग गरिएको छ भने यस विषयमा गरिएका परिचर्चाहरू प्रस्तुत लेखमा द्वितीयक सामग्रीका रूपमा प्रयोग भएका छन् । यसमा तुलनात्मक, वर्णनात्मक तथा विवरणात्मक ढाँचाबाट सामग्रीको विश्लेषण गरी सिङ्गो १० वर्षको भाषिक तथ्याङ्लाई केलाउँदा नेपालमा यी १० वर्षमा प्राय: स्थिर किसिमको भाषिक अवस्था रहेको निष्कर्ष प्राप्त भएको छ । यी १० वर्षमा नेपालमा भारोपेली परिवारका वक्ताहरू बढी रहे पनि भोटवर्मेली परिवारका भाषाहरूको सङ्ख्या बढी रहेको तथा नेपाली भाषाको सामाजिक प्रकार्य बढी हुँदाहुँदै पनि अन्य भाषाका विकासमा समेत सचेतता अपनाइएको निष्कर्ष प्राप्त भएको छ । १० वर्षको भाषिक तथ्याङ्कको विश्लेषण गरी नेपालमा मातृभाषाहरूको वर्तमान अवस्थाको विश्लेषण हुनु यो लेखको मुख्य प्राप्ति हो ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Research Management Cell, Mahendra Multiple Campus, Dharan