मोदिआइन उपन्यासमा मानवतावाद

Authors

  • सुभाषचन्द्र न्यौपाने Tribhuvan University, Nepal

DOI:

https://doi.org/10.3126/dristikon.v13i1.56106

Keywords:

मानवतावाद, विश्वबन्धुत्व, भ्रातृत्व, हार्दिकता, देवत्व

Abstract

प्रस्तुत लेख उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाको मोदिआइन उपन्यासमा प्रयुक्त मानवतावादी दृष्टिकोणमा आधारित छ । उपन्यासकार कोइरालाको २०३६ सालमा प्रकाशित पौराणिक मिथकमा आधारित यस उपन्यासमा केकस्ता मानवतावादी विचारको प्रस्तुति केकसरी भएको छ र मानवताका पक्षमा केकस्ता दृष्टिकोणहरू प्रस्तुत भएका छन् भन्ने कुराको विश्लेषण यस लेखमा गरिएको छ । प्रस्तुत लेख तयारीका क्रममा प्राथमिक सामग्रीका रूपमा उपन्यासकार विश्लेश्वरप्रसाद कोइरालाको मोदिआइन उपन्यासलाई लिइएको छ भने द्वितीयक सामग्रीका रूपमा मानवतावादी चिन्तनसँग सम्बन्धित सामग्रीहरू तथा मोदिआइन उपन्यासका सन्दर्भमा प्रकाश पारी लेखिएका पुस्तक, पत्रपत्रिका, शोधप्रतिवेदन आदिको उपयोग गरिएको छ । सामग्री विश्लेषणका क्रममा निगमनात्मक विधिअनुसार स्थापित सिद्धान्तका आधारमा वर्णनात्मक, विश्लेषणात्मक र व्याख्यात्मक विधिको प्रयोग गर्दै अन्त्यमा अर्थापनविधिद्वारा लेखलाई पूर्णता दिइएको छ । मानवतावादी दर्शनका आधारमा प्रस्तुत उपन्यास सशक्त र सार्वभौम छ भन्ने निष्कर्ष प्रस्तुत लेखको विश्लेषणबाट निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
37
PDF
57

Downloads

Published

2023-06-28

How to Cite

न्यौपाने स. (2023). मोदिआइन उपन्यासमा मानवतावाद. Dristikon: A Multidisciplinary Journal, 13(1), 264–272. https://doi.org/10.3126/dristikon.v13i1.56106

Issue

Section

Articles