‘माऊजङ बाबुसाहेबको कोट’ कथामा समाख्यानात्मक कालव्यवस्था

Authors

  • सीता अधिकारी थापा Tribhuvan University, Nepal

DOI:

https://doi.org/10.3126/dristikon.v13i1.56105

Keywords:

समाख्यानशास्त्र, समाख्याता, कालव्यवस्था, परकथनात्मक, समाख्यानात्मक भूतकाल

Abstract

प्रस्तुत लेख भवानी भिक्षुको माऊजङ बाबुसाहेबको कोट कथामा समाख्यानात्मक कालव्यवस्थाको विश्लेषणमा केन्द्रित रहेको छ । उपर्युक्त कथाको पाठपरक विश्लेषणका लागि समाख्यानशास्त्रीय सैद्धान्तिक अवधारणाको उपयोग गरिएको छ । आख्यानात्मक पाठ संरचनाको व्याख्या गर्ने आधुनिक सिद्धान्त समाख्यानशास्त्रले आख्यानात्मक विधाको संरचनात्मक ढाँचाको पहिचान तथा व्याख्या विश्लेषण गर्नुका साथै आख्यानको प्रकार्य र तिनका विविध सम्बन्धको पनि खोजी गर्दछ । आख्यान पाठमा समाख्याताले घटनाका अनुक्रम अथवा क्रियाकलापको प्रस्तुतिको समयावधिलाई समाख्यानात्मक कालव्यवस्था भनिन्छ । समाख्यान पाठभित्र समग्र घटनाले ओगटेको समय, घटनाक्रममा प्रयुक्त समय तथा घटना÷क्रियाकलापको आवृत्तिले लिएको समयसँग समाख्यानात्मक कालव्यवस्था सम्बन्धित रहने हुनाले तिनै आधारमा आख्यान पाठको अध्ययन विश्लेषण गरिएको छ । यस अध्ययनमा माऊजङ बाबुसाहेबको कोट कथाका वर्गीय चरित्रलाई केन्द्रविन्दु बनाई शासनसत्ताको राप र तापबाट अलग भइसकेको समयमा आफ्नो शानमानलाई कायम राख्न कथामा बाबुसाहेबले थोत्रो कोटको सहारा लिनु परेको अवस्थालाई समाख्याताले विभिन्न कालव्यवस्थामा प्रस्तुत गरेको छ । यसमा कथाले सङ्केत गरेको २००७ अघिपछिको समयसन्दर्भ सङ्कथनात्मक कालको रूपमा र समाख्याताले घटना प्रस्तुत गरेको तत्कालीन समय समाख्यानात्मक कालका रूपमा आएर विस्थापित भएको राणाशासन व्यवस्थाका अवशेष चरित्रलाई प्रस्तुत गरेको छ । प्रस्तुत कथामा विषयलाई प्रस्तुत गर्ने क्रममा समाख्याता कथाभन्दा बाहिर बसेर सम्पूर्ण घटनाको सर्वदर्शी द्रष्टाको रूपमा हरेक घटनाहरूको समाख्यानमा समाख्यानात्मक गतिको वर्णन भूतकालमा र स्थिति वर्णन तथा पात्रका भावना मिश्रित कालव्यवस्थामा रहेर प्रस्तुत गरिएको छ । पाठकेन्द्री ढाँचामा व्याख्याविश्लेषण विधिको प्रयोग गर्दै समाख्यानात्मक कालव्यवस्थाको अध्ययन गर्नु यस लेखको उद्देश्य रहेको छ । समाख्यानात्मक कालव्यवस्थाका दृष्टिले विवेचना गर्दा समाख्याताले आपूmले पहिले नै देखिसकेको घटनाहरूलाई पूर्वघटित घटना, वैयक्तिक अनुभूति र मनोदशाको वर्णनमा समाख्यानात्मक अभूत (वर्तमान र भविष्यत्) कालको प्रयोग भएको निष्कर्ष देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
31
PDF
36

Downloads

Published

2023-06-28

How to Cite

अधिकारी थापा स. (2023). ‘माऊजङ बाबुसाहेबको कोट’ कथामा समाख्यानात्मक कालव्यवस्था. Dristikon: A Multidisciplinary Journal, 13(1), 251–263. https://doi.org/10.3126/dristikon.v13i1.56105

Issue

Section

Articles