समकालीन नेपाली कवितामा यथार्थवादी धारा
DOI:
https://doi.org/10.3126/dristikon.v13i1.56103Keywords:
आधुनिकता, उत्तरआधुनिक, परवर्ती, यथार्थवाद, समसामयिकAbstract
यो लेख नेपाली कविताको विकासप्रक्रियाको विश्लेषणसँग सम्बन्धित रहेको छ । नेपाली कविताको विकासप्रक्रियाका अध्ययनका सन्दर्भमा वि।सं। २०३६ को सडक कविताक्रान्तिपछिको समयावधिलाई समसामयिक युग नामकरण गरिएको पाइन्छ । कुनै एक प्रवृत्तिले स्थिरता प्राप्त गरिनसकेका अवधिमा कालिक सन्दर्भलाई आधार बनाई यस किसिमको नामकरण गर्नु सान्दर्भिक देखिए पनि निश्चत प्रवृत्तिको स्थिरीकरणसँगै कुनै वस्तुगत नाम दिनु वैज्ञानिक हुन्छ । यही सन्दर्भमा वि।सं। २०३६ भन्दा पछिको नेपाली कवितामा केकस्ता प्रवृत्तिहरू देखापरेका छन् र प्रवृत्तिगत दृष्टिले यस अवधिलाई के नाम दिनु उपयुक्त हुन्छ भन्ने मूल समस्यामा केन्द्रित रही यो लेख तयार पारिएको छ । यसका लागि यस लेखमा यस चरणका धेरै कविताहरूलाई प्राथमिक स्रोतका सामग्रीका रूपमा र नेपाली कविता तथा यसको समसामयिक युगका बारेमा गरिएका विश्लेषणहरूलाई द्वितीयक स्रोतका सामग्रीका रूपमा उपयोग गरिएको छ । गुणात्मक अनुसन्धानका ढाँचामा केन्द्रित रही तयार पारिएको यस लेखमा विशेष गरी सूक्ष्म पठन तथा विश्लेषण विधिको प्रयोग गरी निष्कर्ष निकालिएको छ । यस चरणका कविताहरू मूलतः वस्तुयथार्थका अभिव्यञ्जनामा केन्द्रित रहेका हुनाले प्रवृत्तिगत दृष्टिले यस अवधिलाई यथार्थवादी युग नामकरण गर्नु वैज्ञानिक हुने निष्कर्षलाई यस लेखले अगाडि सारेको छ । नेपाली कविताको पछिल्लो चरणलाई प्रवृत्तिगत दृष्टिले वैज्ञानिक रूपमा यथार्थवादी युग भनेर नामकरण गर्नु यस लेखको प्राप्ति तथा प्राज्ञिक योगदान रहेको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Research Management Cell, Mahendra Multiple Campus, Dharan