संस्कृत व्याकरण शिक्षणका अधुुनातन विधिहरू
DOI:
https://doi.org/10.3126/dristikon.v13i1.56102Keywords:
अव्याकृत विधि, द्वितीयक सामग्री, पारायणविधि, प्रवचनविधि, बहुश्रमसाध्यAbstract
संस्कृत व्याकरणमा मूलतः रूपसिद्धि, व्याकरण दर्शन र समालोचना गरी तीन प्रकृतिका पाठ्यसामग्री पाइन्छन् । तिनीहरूलाई मुख्यतः आगमन–निगमन, प्रदर्शन, व्याख्याविश्लेषण तथा प्रश्नोत्तर विधिबाट बुझाउन सहज हुन्छ । यसमा परम्पराप्राप्त निगमन, प्रवचन, सूत्र, पारायण लगायतका विधिहरू सहायक हुने छन् । संस्कृत व्याकरणको प्रक्रिया शिक्षणार्थ मुख्यतः आगमन–निगमन र प्रश्नोत्तर विधि उपयोगी हुुने देखिएका छन् । निगमनको उल्टो आगमन विधि रूपसिद्धि प्रक्रियाका लागि उपयोगी सिद्ध हुँदै आएको पनि छ । त्यसबाट शिक्षण गर्दा रहने केही कसरमसर निगमनबाट सफा गर्न सकिने भएकाले आगमन–निगमनको मिश्रण सिकारुका लागि अपेक्षाकृत बढी लाभदायी हुने छ । यद्यपि यो बहुशः शिक्षकबाट उपेक्ष्य छ । संस्कृत व्याकरणको दार्शनिक ग्रन्थ र समालोचना व्याख्याविश्लेषण, प्रश्नोत्तर र छलफल विधिबाट शिक्षण गर्न सकिने भएकाले त्यसमा उक्त विधि प्रयोग गर्नु राम्रो हुनेछ । अतः संस्कृत व्याकरणका ती सामग्री उपर्युक्त विधिबाट पढाउन सिफारिस गर्नु यस लेखको सार हो । प्रस्तुत लेख तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयले २०५५–०५७ सालमा निर्माण गरेको शास्त्री र आचार्य तहको पाठ्यक्रम तथा हालको नेपाल संस्कृत विश्वविद्यालयले २०७८–०७९ सालमा निर्माण गरेको शास्त्री प्रथम र द्वितीय वर्षको पाठ्यक्रममा अपूर्णतः निर्धारित शिक्षणविधि पूर्ण बनाउनमा केन्द्रित छ । २०७८ सालपछि परिष्कृत र परिवद्र्धित वर्तमान पाठ्यक्रममा पनि अपेक्षित आधारभूत अङ्ग अपूर्ण छन्, पूरा गरिएका अङ्ग पनि आधारभूत मानकभन्दा धेरै तल रहेको निष्कर्ष यस लेखले निकालेको छ । अतः भविष्यमा त्यस्ता अङ्गहरूको अक्षरशः परिपूर्ति होस् भन्ने राय यसले प्रस्तुत गरेको छ । यस अध्ययनमा पुस्तकालयीय द्वितीयक सामग्री र युु ट्युबका सामग्री प्रयोग गरिएका छन् । संस्कृत व्याकरण अध्यापनका विधिहरूमात्र प्रस्तुत गरी भविष्यका लागि सम्भावित विधिको सिफरिस गर्नु यस लेखको सीमा रहेको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Research Management Cell, Mahendra Multiple Campus, Dharan