घिमिरेका कवितामा विरोधजन्य सौन्दर्य

Authors

  • Subhas Chandra Neupane उपप्राध्यापक (नेपाली), महेन्द्र बहुमुखी क्याम्पस, धरान, त्रिभुवन विश्वविद्यालय, नेपाल

DOI:

https://doi.org/10.3126/dristikon.v12i1.46142

Keywords:

गूढार्थ, विच्छित्ति, सौन्दर्य, विरोध

Abstract

प्रस्तुत अध्ययनमा कवि माधव घिमिरेका कवितामा निहित विरोधजन्य सौन्दर्यको विश्लेषण गरिएको छ । घिमिरेका कवितामा प्रयुक्त विरोधमूलक वर्गका अलङ्कारले विरोधजन्य सौन्दर्यको सिर्जना गरेका छन् । कवि माधव घिमिरेका कविहरूमा विरोधविच्छित्तिमूलक वर्गका विभिन्न एघारओटा अलङ्कारहरूको प्रयोग भएको पाइन्छ । यी एघारओटा अलङ्कारहरू प्रयोग भएका कवितांशहरूमा अनेक विरोधी विचार वा चिन्तनका बीच पनि सामञ्जस्य कायम गरिएको पाइन्छ । विरोधी चिन्तन वा सोचाइलाई कवि घिमिरेले उचित समन्यव गरी सौन्दर्यको सृष्टि गरेका छन् । कवि घिमिरेका विभिन्न कवितांशहरूमा केकस्ता विरोधजन्य वस्तुहरूका बीच सन्तुलन गरी सौन्दर्यको सृष्टि गरिएको छ भन्ने कुराको निरूपण यस लेखमा गरिएको छ । प्रस्तुत लेखको सामग्री विश्लेषणका क्रममा प्राथमिक सामग्रीका रूपमा कवि घिमिरेका फुटकर कविताहरूलाई उपयोग गरिएको छ भने द्वितीयक सामग्रीका रूपमा कवि घिमिरेका कविताका सम्बन्धमा प्रकाश पारी लेखिएका पुस्तक, लेख, अनुसन्धान र अलङ्कार सिद्धान्तसँग सम्बन्धित संस्कृत भाषाका पुस्तकहरूको उपयोग गरिएको छ । सौन्दर्य विश्लेषणका क्रममा वर्णनात्मक, विश्लेषणात्मक र व्याख्यात्मक विधिको प्रयोग गरिएको छ भने चरका रूपमा सोद्देश्य कवितांशहरूको छनोट गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
80
PDF
101

Downloads

Published

2022-06-28

How to Cite

Neupane, S. C. (2022). घिमिरेका कवितामा विरोधजन्य सौन्दर्य. Dristikon: A Multidisciplinary Journal, 12(1), 235–246. https://doi.org/10.3126/dristikon.v12i1.46142

Issue

Section

Articles