आञ्चलिकताको प्रतिबिम्बनमा 'ऐना' कथा सङ्ग्रह

Authors

  • Sita Adhikari Thapa उपप्राध्यापक (नेपाली), महेन्द्र बहुमुखी क्याम्पस, धरान, त्रिभुवन विश्वविद्यालय, नेपाल

Keywords:

लोकजीवन, अन्तर्वस्तु, परिवेश, आञ्चलिक, स्थानीयता, पर्यावरण

Abstract

प्रस्तुत लेख ‘ऐना’ कथासङ्ग्रहका कथाका आञ्चलिकतामा केन्द्रित रहेको छ । सामाजिक यथार्थवादी प्रवृत्तिकै निकट रहेर साहित्य समालोचनाको उत्तरवर्ती प्रवृत्तिका रूपमा नेपाली साहित्यमा पनि आञ्चलिकताले विस्तारित स्वरूप प्राप्त गरेको छ । यस लेखमा कृतिभित्रका कथाहरूको सोद्देश्यमूलक छनौट गरी तिनले प्रतिबिम्बन गरेका आञ्चलिकताको स्वरूपलाई विविध शोध्य समस्यामाथि केन्द्रित रहेर विश्लेषणात्मक ढाँचामा प्राज्ञिक समाधान गर्ने उद्देश्य रहेको छ । यसका निम्ति पुस्तकालयीय स्रोतबाट सामग्री सङ्कलन गरी तिनलाई आञ्चलिकताको सैद्धान्तिक पर्याधारमा रहेर सूक्ष्म पठनपद्धतिबाट गुणात्मक अध्ययन ढाँचाले व्याख्याविश्लेषणात्मक विधिमा कथाहरूको मूल्याङ्कन गरिएको छ । प्रस्तुत अध्ययनले कृतिभित्रका चयनित कथाहरूमा प्रयुक्त विषयवस्तु, पात्र, परिवेश, भाषा आदिजस्ता आञ्चलिकताका केही मानकहरूका आधारमा विश्लेषण गर्दा कथाहरूले तत्स्थानिक क्षेत्रका जनजीवनसम्बद्ध आञ्चलिकताको मूल भावलाई संवहन गर्न सक्षम रहेको यस लेखको निष्कर्ष रहेको छ ।

Abstract
241
PDF
0

Downloads

Published

2022-06-28

How to Cite

आञ्चलिकताको प्रतिबिम्बनमा ’ऐना’ कथा सङ्ग्रह. (2022). Dristikon: A Multidisciplinary Journal, 12(1), 221-234. https://doi.org/10.3126/dristikon.v12i1.46141

Issue

Section

Articles

How to Cite

आञ्चलिकताको प्रतिबिम्बनमा ’ऐना’ कथा सङ्ग्रह. (2022). Dristikon: A Multidisciplinary Journal, 12(1), 221-234. https://doi.org/10.3126/dristikon.v12i1.46141