पाउलो फ्रेरेः एक शैक्षिक चिन्तक एवम् दार्शनिक

Authors

  • Bal Chandra Kattel उपप्राध्यापक (शिक्षा), महेन्द्र बहुमुखी क्याम्पस, धरान, त्रिभुवन विश्वविद्यालय, नेपाल

DOI:

https://doi.org/10.3126/dristikon.v12i1.46137

Keywords:

आलोचनात्मक चिन्तन, चेतनाको अतस्करण, पेडागोजी, उत्पीडन, मुक्तिका लागि शिक्षा

Abstract

पाउलो फ्रेरे दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा १९ सेप्टेम्बर, १९२१ मा जन्मेका बिसौं शताब्दीका विश्वप्रसिद्ध एक शैक्षिक चिन्तक एवम् दार्शनिक हुन् । सन् १९२८–३२ को विश्वव्यापी आर्थिक मन्दी तथा चरम आर्थिक अभावमा हुर्किएका उनी सानै उमेरदेखि अन्याय, शोषण, दमन, उत्पीडन आदिको अनुभव र चपेटामा परेर यसका विरूद्धमा संघर्ष गर्न चेतना प्राप्त गर्ने व्यक्ति हुन् । खासगरी औपनिवेशिक परिस्थितिमा जनता शक्तिशाली देशबाट कसरी प्रताडित हुन्छन् भन्ने सम्बन्धी उनको चेत खुलेको थियो । गरिबी तथा भोकमारी विरूद्धमा आम जनतालाई चेतना प्रवाह गर्न उनको प्रयास निरन्तर रहिरह्यो । अन्याय, अत्याचार, शोषण, दमन र उत्पीडनबाट मुक्ति प्राप्त गर्नका लागि चेतनाको अन्तस्करण गराउन उनको शैक्षिक चिन्तन र प्रौढ शिक्षा चेतनामूलक अचुक हतियार बनाउन सफल भयो । तत्कालिन अवस्थामा अभ्यासमा आएको शिक्षा प्रणालीमा उनले खोट देखाए । उनले तत्कालिन शिक्षालाई वर्णात्मक रोगबाट ग्रसित भएको शिक्षा प्रणाली र बैकि· अवधारणामा आधारित शिक्षा पद्धतिको संज्ञा दिए । जहाँ घोकाउने तथा कण्ठ गराउने प्रवृत्तिको वर्चश्व हुन्छ । अन्धाधुन्धा सिकाइ गराइन्छ । सांस्कृतिक रूपमा चुपचाप रहने चरित्रको विकास गराउने परिपाटी हुन्छ भन्ने तर्क अगाडि ल्याए । यसको बदलामा उनले नयाँ क्रान्तिकारी सोच अगाडि सारे । यस सोचले व्यक्तिलाई चेतनाको अनतस्करण गराउन मद्दत पु¥यायो । शिक्षण पेडागोजीको दृष्टिकाणको विकास र प्रयोग पनि भयो । बहस, छलफल तथा अन्तरकृयाको माध्यमबाट हुने सिकाइ र शिक्षण नै महत्वपूर्ण हुन्छ भन्ने कुरा अगाडि आयो । शिक्षण सम्वाद विधिलाई जोड दिइयो । सम्वादले नै चेतनाको द्वार खुल्छ भन्ने दृष्टिकोण आयो । आलोचनात्मक चिन्तनको विकासमा योगदान दिइयो । कानून, शिक्षा र दर्शनमा उच्च अध्ययनपछि उनले विभिन्न सामाजिक, शैक्षिक तथा दार्शनिक क्षेत्रमा परिवर्तनको नेतृत्व समेत गरे । शिक्षालाई मुक्तिको माध्यम र साधन बनाइयो । उनी सफल लेखक समेत बने । उनको पेडागोजी अm द अप्रेस्ड नामक कृति विश्वप्रसिद्ध भयो । यसले शैक्षिक एवम् दार्शनिक जगतमा संसारभर प्रभाव छोड्न सफल भयो । तसर्थ यी र यस्तै विषयवस्तुलाई केन्द्रित गरी गुणात्मक ढाँचामा तयार पारिएको यस लेखले सरोकारवाला सबैमा आलोचनात्मक चिन्तनको विकास गराउने यस लेखको उद्देश्य रहेको छ । यस लेखन कार्यका लागि दस्तावेज अध्ययन विधिद्वारा सम्बन्धित साहित्यको समीक्षा एवम् इन्टरनेट समेतको प्रयोगद्वारा आवश्यक तथ्यांक संकलन गरिएको थियो । यसरी प्राप्त तथ्याङ्कलाई वर्णात्मक एवम् गुणात्मक ढाँचामा व्याख्या विश्लेषण तथा प्रस्तुतीकरण गरी निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
159
PDF
123

Downloads

Published

2022-06-28

How to Cite

Kattel, B. C. (2022). पाउलो फ्रेरेः एक शैक्षिक चिन्तक एवम् दार्शनिक. Dristikon: A Multidisciplinary Journal, 12(1), 188–198. https://doi.org/10.3126/dristikon.v12i1.46137

Issue

Section

Articles