आमाको गीत : २ कवितामा बिम्बविधान

Authors

  • राजेश विद्रोही Tribhuvan University, Nepal

DOI:

https://doi.org/10.3126/dristikon.v11i1.39168

Keywords:

बिम्ब, संस्कृति, प्रतीक, सादृश्य, उपमाउपमेय, चिद्वैषम्य

Abstract

यो अध्ययन कवि हेमन यात्रीको पहाड मसितै यात्रा गर्छ कविता सङ्ग्रहमा सङ्कलित आमाको गीत ः २ कवितामा प्रयुक्त बिम्बहरूको विश्लेषणमा केन्द्रित छ । कवि हेमन आप्mना कविताहरूमा विभिन्न विषय क्षेत्रका बिम्बहरू प्रयोग गर्न रुचाउँछन् । उनी बिम्बात्मक अभिव्यक्तिमार्पmत् आप्mना कवितालाई सुन्दर र काव्यिक बनाउँछन् । पहाड मसितै यात्रा गर्छ कविता सङ्ग्रहमा सङ्कलित आमाको गीत ः २ कवितामा पनि उनले विभिन्न प्रकारका बिम्बहरूको प्रयोग गरेका छन् । ती बिम्बहरू जीवन र जगत्का विविध विषय क्षेत्रहरूसँग सम्बन्धित छन् । समीक्ष्य कवितामा कस्तो बिम्ब–योजना छ र यसमा के कस्ता बिम्बहरूको प्रयोग गरिएको छ भन्ने विषयलाई यस अध्ययनमा विश्लेषण गरिएको छ । विम्बहरूको प्रयोगले कविताको भावलाई कसरी प्रभावकारी र बोधगम्य बनाएको छ भन्ने विश्लेषण पनि यहाँ गरिएको छ । यो बिम्बप्रधान कविता हो र कवि हेमनले प्रस्तुत कवितामा युद्धमा छोरा गुमाएकी आमाको कारुणिक अवस्थालाई बिम्बबहुल अभिव्यक्तिका माध्यमबाट सुन्दर ढङ्गले चित्रण गरेका छन् । नेपाली ग्रामीण पहाडी जीवनको सग्लो चित्र कोर्ने क्रममा कविले यस कवितामा पहाडी प्रकृति र दिनचर्यालाई बिम्बात्मक रूप दिएका छन् । विम्बहरूको सुन्दर र आकर्षक प्रयुक्तिले कवितालाई हृदयसंवेद्य र बोधगम्य बनाएको छ । सामग्री सङ्कलनका क्रममा पहाड मसितै यात्रा गर्छ कविता सङ्ग्रहमा सङ्कलित आमाको गीत ः २ कवितालाई प्राथमिक स्रोतका रूपमा तथा कविता र बिम्बहरूबारे लेखिएका समीक्षा–समालोचनालाई द्वितीय स्रोतका रूपमा लिएर व्याख्यात्मक, वर्णनात्मक र विश्लेषणात्मक विधिबाट निष्कर्षमा पुगिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
131
PDF
161

Downloads

Published

2021-08-17

How to Cite

विद्रोही र. . (2021). आमाको गीत : २ कवितामा बिम्बविधान. Dristikon: A Multidisciplinary Journal, 11(1), 259–268. https://doi.org/10.3126/dristikon.v11i1.39168

Issue

Section

Articles