अलिखित उपन्यासमा प्रयोगशील नवीनता

Authors

  • घनश्याम दाहाल Pindeshwar Vidyapeeth, Dharan, Nepal Sanskrit University, Nepal

DOI:

https://doi.org/10.3126/dristikon.v11i1.39167

Keywords:

किंवदन्ती, दोरहन्तल, आञ्चलिक, स्वैरकल्पना, मिथकीय

Abstract

नेपाली साहित्यका विशिष्ट स्रष्टा र धरोहर उपन्यासकार ध्रुवचन्द्र गौतमको औपन्यासिक जगत्मा उल्लेखनीय योगदान र विशिष्ट पहिचान रहेको छ । उपन्यास साहित्यका क्षेत्रमा उनले गरेको योगदान अनुकरणीय मानिन्छ । उनका औपन्यासिक संरचनाले नेपाली साहित्यको भण्डारलाई वैभवशाली र सम्पन्नशाली बनाएको छ । नेपाली आधुनिक उपन्यासको विकासको यात्रामा प्रयोगवादी धाराको प्रतिनिधित्व गर्दै औपन्यासिक जगत्लाई उचाइमा पु¥याउन उनले गरेको योगदान अविस्मरणीय मानिन्छ । ‘अलिखित’ वि.सं. २०४० सालमा प्रकाशित भई मदन पुरस्कार प्राप्त गरेको आञ्चलिकतालाई मुख्यरूपमा आफ्नो दस्तावेज बनाएको विशिष्ट प्रयोगधर्मी उपन्यास हो । यसमा तराईको भूभाग वीरगञ्जको नजिकमा रहेको बिरहिनपुर बरेवा गाउँको जनजीवनको वास्तविक झाँकी प्रस्तुत गरिएको छ । सरकारको दृष्टि नपरेको गाउँको सांस्कृतिक उत्खननको विषय उपन्यासको मुख्य प्रतिपाद्य आधार बनेको छ । विचित्रको गाउँको विचित्र क्रियाकलापको चित्रण यसको महत्त्वपूर्ण पक्ष हो । ग्रामीण जनजीवनका गरिबी, अशिक्षा, पछौटेपन, सामन्ती संस्कार यसका मुख्य प्रतिपाद्य विषय हुन् । बरेवाको जनजीवनको यथार्थ प्रस्तुति नै यसको मुख्य दस्तावेज हो । परम्परागत उपन्यास रचनाको शिल्प सौन्दर्यबाट पूर्ण रूपमा मुक्त भई स्वतन्त्र र नवीन प्रयोग यस उपन्यासको औपन्यासिक प्राप्ति, मान्यता र चिन्तन हो । उपन्यासमा अभिव्यक्त बिरहिनपुरको किंवदन्ती र दोरहन्तल पोखरीको किंवदन्तीले मिथकीय मान्यतालाई आत्मसात गरेको देखिन्छ । अस्वाभाविक, अयथार्थ स्वैरकल्पनालाई सबल र प्रभावकारी बनाएर प्रस्तुत गर्नु यसको उल्लेखनीय चिन्तन देखिन्छ । कथानक, पात्र र संरचनामा नयाँपनको खोजी यसमा सबल रूपमा गरिएको छ । बिरहिनपुर बरेवा गाउँको भौगोलिक, सांस्कृतिक, आर्थिक र भाषिक विशेषताको उजागर गर्दै त्यसको वास्तविकताको सूक्ष्म विश्लेषण नै यसको मुख्य सार हो ।

Downloads

Download data is not yet available.
Abstract
226
PDF
233

Downloads

Published

2021-08-17

How to Cite

दाहाल घ. . (2021). अलिखित उपन्यासमा प्रयोगशील नवीनता. Dristikon: A Multidisciplinary Journal, 11(1), 249–258. https://doi.org/10.3126/dristikon.v11i1.39167

Issue

Section

Articles