नेपाली र आठपहरिया भाषाको सङ्गति व्यवस्थाको तुलनात्मक अध्ययन Nepali ra Aathpahariya Bhashako Sangatiko Tulanatmak Adhyayan

Authors

  • यज्ञप्रसाद Yagyaprasad गुरागाईँ Guragain नेपाली विभाग, धनकुटा बहुमुखी क्याम्पस, धनकुटा, त्रिभुवन विश्वविद्यालय Nepali Department, Dhankuta Multiple Campus, Dhankuta, TU

DOI:

https://doi.org/10.3126/dristikon.v10i1.34598

Keywords:

सङ्गति sangati, विशेष्य bishesya, भेदक Bhedak, भेद्य Bhedya, कोटिकर Kotikar, द्विवचन Dwibachan

Abstract

यस लेखमा नेपालमा बोलिने नेपालको मुख्य भाषा नेपाली र धनकुटा जिल्लाको धनकुटा नगरपालिकामा बसोवासगर्दै आएका आठपहरिया जातिको आठपहरिया भाषाको सङ्गति व्यवस्थाको तुलनात्मक अध्ययन गरिएको छ ।सङ्गति व्यवस्था भन्नाले कर्ता र क्रियाबीचको, विशेषण र विशेष्यबीचको, नाम र सर्वनामबीचको, कोटिकर रअन्य शब्दका बिचको तथा क्रियोयोगी र क्रियाबीचको मेललाई बुझिन्छ । हरेक भाषाका आआफ्नै व्यवस्था हुनेभएकाले यी दुई भाषाका बीचमा के कस्तो सङ्गति व्यवस्था रहेको छ भन्ने प्रश्नको समाधान यहाँ खोजिएको छ ।तसर्थ यहाँ उक्त भाषाहरूका बीचमा भएको सङ्गति व्यवस्थाको तुलनात्मक अध्ययन गरी निचोड प्रस्तुत गर्नु यसलेखको उद्देश्य रहेको छ । यस अध्ययनबाट नेपाली भाषा र आठपहरिया भाषाको तुलनात्मक स्थिति बुझ्न चाहने रनेपाली भाषालाई दोस्रो भाषाका रूपमा सिक्ने विद्यार्थी तथा तिनका शिक्षकहरूलाई लाभ पुग्न सक्छ । यस लेखमाधनकुटा जिल्लालाई अध्ययनको क्षेत्र बनाइएको छ । प्रश्नावली तथा अन्तर्वार्ताका माध्यमबाट सङ्कलन गरिएकासामग्रीहरूलाई प्राथमिक सामग्री र व्याकरणका पुस्तक, शब्दकोश, पत्रपत्रिका आदिबाट सङ्कलन गरिएकासामग्रीहरूलाई द्वितीय सामग्री मानी तुलनात्मक विधिबाट तिनको प्रस्तुतीकरण गरिएको छ । तथ्याङ्ककोविश्लेषणबाट यी दुवै भाषाबीच केही समानता र केही भिन्नताहरू पाइएका छन् । खासगरी दुवै भाषामा वचनगतसमानतामा साथै समयवाचक क्रियायोगी र क्रियाबीच तथा कोटिकर र अन्य शब्दका बीचको समानताको अवस्थाफेला पार्न सकिन्छ । आठपहरिया भाषामा नेपाली भाषामा जस्तो विशेषण र क्रियापदका लिङ्गभेदक रूपहरू छैनन्अनि नाम, सर्वनाम, विशेषण र क्रियापदका आदरभेदक रूपहरू पनि पाइँदैनन् । तसर्थ लिङ्ग तथा आदरकाआधारमा आठपहरिया भाषामा नेपाली भाषामा जस्तो सङ्गति व्यवस्था पाउन सकिँदैन । फेरि आठपहरिया भाषामाद्विवचनको व्यवस्था भएकोले द्विवचन कर्ता अनुसार क्रिया निर्धारण हुनुका साथै कर्म तथा स्थानवाचक क्रियायोगीलेक्रिया निर्धारण गरी विशेष सङ्गति व्यवस्था कायम गरेको छ । यस्तो व्यवस्था नेपाली भाषामा पाइँदैन ।

Downloads

Download data is not yet available.
Abstract
344
pdf
186

Author Biography

यज्ञप्रसाद Yagyaprasad गुरागाईँ Guragain, नेपाली विभाग, धनकुटा बहुमुखी क्याम्पस, धनकुटा, त्रिभुवन विश्वविद्यालय Nepali Department, Dhankuta Multiple Campus, Dhankuta, TU

उपप्राध्यापक Assistant Professor

Downloads

Published

2020-12-31

How to Cite

गुरागाईँ Guragain य. . Y. (2020). नेपाली र आठपहरिया भाषाको सङ्गति व्यवस्थाको तुलनात्मक अध्ययन Nepali ra Aathpahariya Bhashako Sangatiko Tulanatmak Adhyayan. Dristikon: A Multidisciplinary Journal, 10(1), 361–371. https://doi.org/10.3126/dristikon.v10i1.34598

Issue

Section

Articles