द्वन्द्वको अवसान उपन्यासमा सीमान्तीयता 'Dwandhako Abasan' Upanyasma Simantiyata
DOI:
https://doi.org/10.3126/dristikon.v10i1.34587Keywords:
सीमान्तीय अध्ययन Simantiya adhyayan, सामाजिक संरचना samajik samrachana, वर्गीय विभेद bargiya Bibhed, प्रतिरोध pratirodh, लैङ्गिकता laingikata, वर्चस्व barchaswa, पहिचान Pahichan, वहिष्करण bahishkaran, औपनिवेशिक AaupanibeshikAbstract
यस लेखमा सीमान्तीयताका आधारमा राजेश्वर देवकोटाद्वारा लिखित चर्चित द्व न्द्व को अवसान उपन्यासको प्रमुखचरित्र राधेयको अध्ययन गरिएको छ । विश्वसाहित्यमा सीमान्तीयताको आधारमा साहित्यको सांस्कृतिक अध्ययन रऐतिहासिक पुनव्र्याख्या गर्ने प्रचलन दोस्रो विश्वयुद्धपछि सुरु भएको र सन् असीको दशकदेखि सवाल्टर्न अध्ययनकोरूपमा चलेको हो भने नेपाली साहित्यमा पनि यसको प्रचलन विस्तार हँुदै गरेको अवस्था देखिन्छ । दोस्रोविश्वयुद्धपछिको विश्वमा हरेक मानव समाजसम्बद्ध विषय क्षेत्रलाई हेर्ने नवीन चिन्तन तथा दृष्टिकोणकोविकासविस्तार भएसँगै साहित्य समालोचनामा उत्तरसंरचनावादी उत्तरआधुनिक चिन्तनका रूपमा सीमान्तीयताकोआवाज पनि प्रबल बन्दै गएको हो । व्यक्ति, जाति, लिङ्ग, वर्ग, रङ, समुदाय, क्षमता, पृथकता, क्षेत्रआदिसँग सम्बद्धपक्षहरू सीमान्तीयताभित्र पर्दछन् । समाजव्यवस्थाका अवयवहरूद्वारा निर्मित विभेदकारी सामाजिक सांस्कृतिकसंरचनाहरूले सीमान्तीयको निर्माणमा अहम् भूमिका खेलेको देखिन्छ भने उपनिवेशको विस्तारवादी साम्राज्यवादीप्रभुत्ववादी चरित्रले ती वर्गका इतिहास, संस्कृति, पहिचानका सङ्केतहरू नै कतिपय अवस्थामा विलुप्तप्रायःबनाइएको देखिन्छ । हरयुगमा आवाजविहीन बनाइएका, पहिचानविहीन भएर दबाइएका, राज्य संयन्त्रमाप्रतिनिधित्वबाट वञ्चित, पहँुचविहीन, सामथ्र्यहीन भई समाजमा सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक रूपलेमूलधारबाट वहिष्करणमा परेका बहुसङ्ख्यक मानिसहरू सीमान्त वर्ग भएकाले उनीहरूको इतिहासको पुनर्लेखनहुनुपर्छ भन्ने मान्यता सीमान्तीय अध्ययनको अवधारणा हो । यस लेखको उद्देश्य मूलतः सीमान्तीयताका सैद्धान्तिकआधारहरूको पृष्ठभूमिमा रहेर द्वन्द्वको अवसान उपन्यासको मुख्य चरित्रनायक राधेयकर्णको सीमान्तीय अध्ययनविश्लेषण गर्नु रहेको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Research Management Cell, Mahendra Multiple Campus, Dharan