एघार नोभेम्बरका कथाहरूमा सामाजिक पर्यावरण Eghara Novemberka Kathama Samajik Paryabaran

Authors

  • राजेश Rajesh विद्रोही Bidrohee नेपाली विभाग, महेन्द्र बहुमुखी क्याम्पस, धरान, त्रिभुवन विश्वविद्यालय Nepali Depart, Mahendra Bahumukhi Campus, Dharan

DOI:

https://doi.org/10.3126/dristikon.v10i1.34586

Keywords:

समाजशास्त्र samajshastra, संस्कृति sanskriti, सीमान्तीकृत simantakrit, लाहुरे lahure, पहिचान Pahichan

Abstract

यो अध्ययनएघार नोभेम्बर कथा सङ्ग्रहमा सङ्कलित कथाहरूमा प्रस्तुत सामाजिक पर्यावरणको विश्लेषणमाकेन्द्रित छ । यस अध्ययनमा एघार नोभेम्बरका कथाहरू र समाजको सम्बन्धलाई केलाइएको छ । यस सङ्ग्रहमासङ्कलितअधिकांश कथाहरूले‘लाहुरे–जीवन’ को अँध्यारो पाटोलाई देखाएका छन् । विपन्नताका कारण विदेशीसेनामा भर्ती हुन बाध्य नेपाली नागरिकहरूको सामाजिक पर्यावरण र तिनका पीडालाई उजागर गर्ने यी कथाहरूलेतिनका सङ्घर्ष र विवशतालाई यथार्थपरक ढङ्गमा प्रस्तुत गरेका छन् । कतिपय कथामा सहरिया सामाजिकपर्यावरणको चित्रण गरिएको छ । विपन्न समुदायका बालबालिकाहरूको दयनीय र कारुणिक जीवनको चित्रण,नेपाली समाजमा व्याप्त शासकीय अव्यवस्था र जातीय पहिचानप्रतिको श्रद्धाभावलाई प्रस्तुत गर्न कथाकारलेनेपाली ग्राम्य र सहरी क्षेत्रको सामाजिक पर्यावरणलाई माध्यम बनाएका छन् । नेपाली समाजमा स्थापित लाहुरे–संस्कृति र यसले सामाजिक जीवनमा पारेको नकारात्मक प्रभावलाई सङ्ग्रहका कथाहरूले उद्घाटन गरेका छन् ।सामग्री सङ्कलनका क्रममा एघार नोभेम्बर कथा सङ्ग्रहलाई प्राथमिक स्रोतका रूपमा र कथाहरूबारे गरिएकासमीक्षा–समालोचना र शोध प्रतिवेदनलाई द्वितीय स्रोतका रूपमा लिएर एच.ए. टेनको ‘जाति, पर्यावरण र युग’सम्बन्धी सिद्धान्तका आधारमा गुणात्मक विधिबाट विश्लेषण गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
275
pdf
159

Author Biography

राजेश Rajesh विद्रोही Bidrohee, नेपाली विभाग, महेन्द्र बहुमुखी क्याम्पस, धरान, त्रिभुवन विश्वविद्यालय Nepali Depart, Mahendra Bahumukhi Campus, Dharan

उपप्राध्यापक Assistant Professor

Downloads

Published

2020-12-31

How to Cite

विद्रोही Bidrohee र. R. (2020). एघार नोभेम्बरका कथाहरूमा सामाजिक पर्यावरण Eghara Novemberka Kathama Samajik Paryabaran. Dristikon: A Multidisciplinary Journal, 10(1), 321–337. https://doi.org/10.3126/dristikon.v10i1.34586

Issue

Section

Articles