चिठी कथामा सीमान्तीयता 'Chithi' Kathama Simantiyata

Authors

  • ईश्वरा Ishwara पौडेल Poudel नेपाली विभाग, भोजपुर बहुमुखी क्याम्पस, भोजपुर, त्रिभुवन विश्वविद्यालय Nepali Department, Bhojpur Multiple Campus, TU

DOI:

https://doi.org/10.3126/dristikon.v10i1.34582

Keywords:

अधीनस्थ adhinastha, पितृसत्ता pitrisatta, समतामूलक samatamulak, सीमान्तकृत Simantikrit

Abstract

प्रस्तुत लेख ‘चिठी’ कथामा सीमान्तीयता’ भन्ने शीर्षकमा केन्द्रित छ । यो लेख ‘चिठी’ कथाभित्र रहेको तत्कालीनसमाजको वर्ग, जाति, धर्म र सांस्कृतिक यथार्थहरू के कस्ता थिए ? भन्ने समस्यामा केन्द्रित रही विश्लेषण गर्नुयस लेखनको उद्देश्य रहेको छ । यस लेखमा सामग्रीको विश्लेषणका निम्ति निगमनात्मक विधि र तथ्यकोप्रस्तुतीकरणमा वर्णनात्मक विधिको प्रयोग गरिएको छ । यहाँ वर्गगत रूपमा उच्च वर्गले निम्न वर्गलाईसीमान्तकृत बनाएको छ । यहाँ लिङ्गगत रूपमा पुरुषवर्ग शोषक र महिलावर्ग शासित अवस्थामा छन् । जातिगतरूपमा उच्च जातिले तल्लो जातिलाई पशुवत् व्यवहार गरेको छ । यहाँ धर्मका नाममा र संस्कृतिका नाममा गरिब,महिला र तल्लो जातिलाई शासक वर्गले अपमान गरेको छ । तत्कालीन समयको समाजमा सामाजिक न्याय कायमहुन सकेको छैन भन्ने निष्कर्ष रहेको छ । ‘चिठी’ कथामा चित्रित वर्गीय समाज उच्च वर्गले तल्लो वर्गलाई विभिन्नठाउँमा नियन्त्रणमा राखेको र अधीनस्थ बनाएको छ । यहाँ जातीय रूपमा उच्च जातिको हैकम र प्रभुत्व रहेकोहुनाले त्यसको चेपुवामा निम्न जाति परेको देखिन्छ । यसबाहेक लैङ्गिक रूपमा पनि पुरुषले महिलामाथि आफ्नानियम लादेका छन् र थिचोमिचो गरेका छन् । यहाँका सीमान्तकृत पात्रहरूको अवस्था टीठलाग्दो छ र यिनीहरूमाथिल्लो जाति र वर्गको नियमन र नियन्त्रणमा पराधीन रहेको र समतामूलक समाजको निर्माण हुन नसकेकोअवस्था देखापर्छ ।

Downloads

Download data is not yet available.
Abstract
289
pdf
139

Author Biography

ईश्वरा Ishwara पौडेल Poudel, नेपाली विभाग, भोजपुर बहुमुखी क्याम्पस, भोजपुर, त्रिभुवन विश्वविद्यालय Nepali Department, Bhojpur Multiple Campus, TU

उपप्राध्यापक Assistant Professor

Downloads

Published

2020-12-31

How to Cite

पौडेल Poudel ई. I. (2020). चिठी कथामा सीमान्तीयता ’Chithi’ Kathama Simantiyata. Dristikon: A Multidisciplinary Journal, 10(1), 301–310. https://doi.org/10.3126/dristikon.v10i1.34582

Issue

Section

Articles