बेकर स्ट्रिटका "दुई आंखा" कथामा डायस्पोरिक चेतना Bekar Streetka Dui Aankha Kathama Dayasporik Chetana

Authors

  • बाबुराम Baburam ओझा Ojha नेपाली विभाग, भोजपुर बहुमुखी क्याम्पस, भोजपुर, त्रिभुवन विश्वविद्यालय, Nepali Department, Bhojpur Multiple Campus, TU

DOI:

https://doi.org/10.3126/dristikon.v10i1.34579

Keywords:

डायस्पोरा Dayaspora, यान्त्रिकता yantrikata, परिचयहीनता parichayahinata, द्वैतसांस्कृतिकता Dwehetsanskrita, ऐकान्तिकता Ekantikata

Abstract

प्रस्तुत आलेख जया राईद्वारा लिखित बेकर स्ट्रिटका दुई आँखा कथामा रहेको डायस्पोरिक प्रवृत्तिको अध्ययनमाकेन्द्रित छ । डायस्पोरा सबै कारणले परदेश बसाइँ गएर छरिएर बसेका मानिसको पीडाको अनुभूति हो । साहित्यकोडायस्पोरिक अध्ययनले कृतिमा निहित त्यस्तो द्वैतसंस्कृतिले निर्मित मानसिकता र व्यवहारको अध्ययन गर्छ ।विवेच्य कथामा अभिव्यक्त जीवनको अवस्था र यसमा रहेका डायस्पोरिक पक्षको विश्लेषण गर्नु यस आलेखकोमुख्य उद्देश्य रहेको हुनाले विषयलाई त्यहीँ केन्द्रित गरिएको छ । यस लेखको तयारीका लागि सामग्री सङ्कलनकाक्रममा प्राथमिक सामग्रीका रूपमा जया राईलिखित कथालाई लिइएको छ र विषयको सैद्धान्तिक आधार निर्माणकालागि पुस्तकालयबाट द्वितीयक प्रकारका सामग्री लिइएको छ । कथाको डायस्पोरिक अध्ययन गर्दा डायस्पोराकोसामान्यीकृत सिद्धान्तमा आधारित भएको हुनाले सामग्रीको विश्लेषणका क्रममा निगमन विधिको प्रयोग गरिएकोछ । विवेच्य कथालाई डायस्पोराका मूलभूत मान्यताका आधारमा वर्णन र विश्लेषण गर्नु यस अध्ययनको उद्देश्यरहेकाले लेखका रूपमा प्रस्तुतीकरण गर्दा वर्णनात्मक विधि प्रयुक्त छ । डायस्पोरिक कृतिका अतीततर्फको यात्रा,ऐकान्तिकता, परिचयहीनता र यान्त्रिक जीवनको पीडा जस्ता पक्षका आधारमा यहाँ कथाबाट साक्ष्यहरू उद्यृत गरीविषयको तार्किक पुष्टि गरिएको छ । बेकर स्ट्रिटका दुई आँखाकथामा बेलायतको विरानो भूमिमा नेपालीहरूलेभोगेको अप्ठ्यारोको अभिव्यक्ति भएको पाइन्छ । यस कथाले प्रवासमा रहेका नेपालीको सङ्घर्ष, चिन्ता,परिचयहीनता, असन्तुष्टि, तथा द्वैतसांस्कृतिकताको चित्रण गरेको छ । निष्कर्षतः डायस्पोरिक चिन्तनका दृष्टिलेकथा अब्बल ठहरेको छ ।

Downloads

Download data is not yet available.
Abstract
214
pdf
219

Author Biography

बाबुराम Baburam ओझा Ojha, नेपाली विभाग, भोजपुर बहुमुखी क्याम्पस, भोजपुर, त्रिभुवन विश्वविद्यालय, Nepali Department, Bhojpur Multiple Campus, TU

उपप्राध्यापक Assistant Professor

Downloads

Published

2020-12-31

How to Cite

ओझा Ojha ब. B. (2020). बेकर स्ट्रिटका "दुई आंखा" कथामा डायस्पोरिक चेतना Bekar Streetka Dui Aankha Kathama Dayasporik Chetana. Dristikon: A Multidisciplinary Journal, 10(1), 277–286. https://doi.org/10.3126/dristikon.v10i1.34579

Issue

Section

Articles