सुम्निमा उपन्यासको बिम्बपरक विश्लेषण Sumnima Upanyasko Bimbaparak Adhyayan

Authors

  • अनिल Anil अधिकारी Adhikari महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर, त्रिभुवन विश्वविद्याल Mahendra Morang Aadarsha Multiple campus, Biratnagar, TU

DOI:

https://doi.org/10.3126/dristikon.v10i1.34576

Keywords:

बिम्ब Bimba, किरात Kirat, आर्य Arya, साँस्कृतिक मिश्रण Sanskritik Mishran

Abstract

साहित्यमा प्रयुक्त भाषा र अभिव्यक्तिलाई संक्षिप्त एवं शक्तिशाली तुल्याउने बिम्बले सृजित कृतिमा शब्दगत संक्षिप्तताभित्र लाक्षणिकता एवं अर्थगत चमत्कृति सृजना गर्दछ । सृजनालाई कलात्मक तथा व्यञ्जनाधर्मी तुल्याउने साहित्यको शिल्पसम्बद्ध भेदलाई बिम्ब भनिन्छ । सुम्निमा उपन्यासले बहुसाँस्कृतिक समाज र सभ्यतामा बहुल साँस्कृतिकताले अल्पसाँस्कृतिकतालाई आफूभित्रै समाहित गर्ने माववशास्त्रीय यथार्थलाई नेपाली समाजको संरचनासँग सम्बन्धित विद्यमान साँस्कृतिक विलयनको यथार्थलाई मीथकीय पुनर्सिर्जनका माध्यमबाट प्रस्तुत गरेको छ । मीथकहरू स्वाभाविक रूपले सामाजिक हुने र यिनले जाति वा देशलाई समान मनोवैज्ञानिक र सांस्कृतिक क्रियाकलापमा आबद्ध गर्दै सुम्निमा उपन्यासमा किरात र ब्राम्हण जातिलाई मीथकीय आधारमा बाँधेको र जातिगत मिश्रणबाट जीवनको सृजना भएको भन्ने यथार्थद्योतन गर्दै सामाजिक÷साँस्कृतिक सम्मिलनको कथ्यलाई बिम्बका साक्ष्यबाट प्रमाणित गर्नसफल रहेको छ । मूलभूत रूपमा समकालिकता, पौराणिकता, ऐतिहासिकता, लोकविश्वास र व्यवहार, भिन्न साँस्कृतिक उपादेयता र तिनको मिश्रणबाट निर्मित समाजको सामाजिक अवस्थितिलाई बोध गराउन उपन्यासमा प्रस्तुत भएका विविधतापूर्ण विशेषता भएका बिम्ब सफल र सार्थक रहेका छन् । नेपाली सामाजिक जीवनपद्धति सम्बद्ध विभिन्न सन्दर्भलाई आकर्षक कलेवर प्रदान गर्न तथा सृजनात्मक व्यङ्ग्यार्थ प्रस्तुत गर्न अहम् भूमिका खेलेका बिम्बले औपन्यासिक संगठन र भावप्रवाहलाई उत्कृष्ठता प्रदान गरेका छन् । बिम्बात्मक शिल्पविन्यासका साक्ष्यमा पूराकथाको पुनर्निर्माण गरी नवीनतम मूल्य स्थापित गर्ने उच्चकोटिको कृतिमा
उपन्यासलाई प्रमाणित गर्न यस उपन्यासमा आएका बिम्बको अहम् भूमिका रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
367
pdf
479

Author Biography

अनिल Anil अधिकारी Adhikari, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर, त्रिभुवन विश्वविद्याल Mahendra Morang Aadarsha Multiple campus, Biratnagar, TU

उपप्राध्यापक Assistant Professor

Downloads

Published

2020-12-31

How to Cite

अधिकारी Adhikari अ. A. (2020). सुम्निमा उपन्यासको बिम्बपरक विश्लेषण Sumnima Upanyasko Bimbaparak Adhyayan. Dristikon: A Multidisciplinary Journal, 10(1), 265–276. https://doi.org/10.3126/dristikon.v10i1.34576

Issue

Section

Articles