प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita

Authors

  • नित्यानन्द Nityananda खतिवडा Khatiwada पिण्डेश्वर विद्यापीठ, धरान, नेपाल संस्कृत विश्वविद्यालय Pindeshwar Biddhyapeeth, Dharan, Nepal Sanskrit University

DOI:

https://doi.org/10.3126/dristikon.v9i1.31186

Keywords:

प्रयोगवाद Prayogvad, फर्सीको जरा Farsiko Jara, विशृङ्खलित भाषा Wishrinkhalit Bhasha, समग्रता Samagrata, विसङ्गति Bisangati, अस्तित्ववादी र प्रयोगवादीचेत Astitwavadi ra Prayogvadi Chet

Abstract

प्रयोग पाश्चात्य जगत्मा जन्मिएर विकसित भएको एउटा साहित्यिक चिन्तन हो । नाटक, चित्रकला, कविता आदि क्षेत्रमा देखापरेको नवीन यो मान्यता पश्चिममा ‘वाद’ का रूपमा भने देखिएको पाईंदैन । प्रयोगात्मक कवितामा परम्पराभिन्न कथ्य, शिल्पशैली आदिमा नवीनता पाइन्छ । अमूर्त विषय, विशृङ्खलित भाषा, अस्तित्ववादी, विसङ्गतिवादी र प्रतीकवादी चेत, समग्रता, संरचनागत नयाँपन, असम्बद्ध भावबिम्ब प्रयोगात्मक कविताका मुख्य प्रवृत्तिहरू हुन् । नेपाली काव्य साहित्यका सन्दर्भमा कवि मोहन कोइरालाको २०१७ सालको ‘रूपरेखा’ पत्रिकामा प्रकाशित ‘घाइते युग’ कविताबाट प्रयोगात्मक कविता लेखनको थालनी भएको हो । नेपाली साहित्यका क्षेत्रमा ‘प्रयोगवाद’ शब्द नै प्रचलित रहेको छ । मोहन कोइरालाको वि.सं.२०२१ सालको ‘फर्सीको जरा’ एउटा विशिष्ट प्रयोगवादी कविता हो, जसमा प्रयोगात्मक कवितामा पाइने प्रायः प्रवृत्तिहरू समाविष्ट रहेका छन् । कथ्य, भाषा, संरचना, शीर्षक, शैली आदिमा नवीनता रहेको यस कविताको प्रकाशनपछि नै कोइरालाको प्रयोगवादी कवित्वचेत अझ फराकिलो बन्न पुगेको छ । कोइरालाका २०२९ अघिका कवितामा रहेको असम्प्रेष्य प्रवृत्ति २०३० पछि भने केही सम्प्रेष्य बन्न पुगेका छन् । नेपाली प्रयोगवादी कविताको विकासमा कोइरालाबाहेक ईश्वरवल्लभ, कृष्णभक्त श्रेष्ठ, वानिरा गिरी, पारिजात, उपेन्द्र श्रेष्ठ आदि कविहरूको विशेष देन रहेको पाइन्छ । यस लेखमा प्रयोगवादी कवि मोहन कोइरालाको कवित्वचेतलाई देखाउँदै प्रयोगात्मक प्रवृत्तिहरू केके हुन् र फर्सीको जरा कवितामा उक्त प्रवृत्तिहरू कसरी आएका छन् भन्ने विषयको विश्लेषण गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
407
pdf
713

Author Biography

नित्यानन्द Nityananda खतिवडा Khatiwada, पिण्डेश्वर विद्यापीठ, धरान, नेपाल संस्कृत विश्वविद्यालय Pindeshwar Biddhyapeeth, Dharan, Nepal Sanskrit University

उपप्राध्यापक Deputy Professor

Downloads

Published

2019-09-13

How to Cite

खतिवडा Khatiwada न. N. (2019). प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita. Dristikon: A Multidisciplinary Journal, 9(1), 176–189. https://doi.org/10.3126/dristikon.v9i1.31186

Issue

Section

Articles