नेपाली र संस्कृत भाषामा सम्प्रदान कारक Nepali ra Sanskrit Bhashama Sampradan Karak

Authors

  • खेमराज Khemraj खनाल Khanal पिण्डेश्वर विद्यापीठ, धरान, नेपाल संस्कृत विश्वविद्यालय Pindeshwar Biddhyapeeth, Dharan, Nepal Sanskrit University

DOI:

https://doi.org/10.3126/dristikon.v9i1.31185

Keywords:

स्वस्वत्वनिवृत्ति Swaswatwanibriti, उपलक्षण Upalakshan, प्रेरक Prerak, उद्देश्य Uddeshya

Abstract

कारकको उद्भव संस्कृत व्याकरणबाटै भएको हो । नेपाली भाषा अपभ्रंश हुँदै संस्कृत भाषाबाट जन्मेकाले यस भाषामा संस्कृत भाषाको प्रभाव रहनु स्वाभाविक देखिन्छ । संस्कृत भाषा र व्याकरण अत्यन्त समृद्ध रहेको छ । यसको राम्रो खोज, अनुसन्धान भइसकेको छैन, जो जरुरी छ । संस्कृत वाङ्मयमा त्यस्ता रहस्यमय कुराहरू प्रशस्त छन्, जसको अनुसन्धानबाट नयाँ ज्ञानधारा बहाउन सकिन्छ । सम्प्रदान कारक त्यस्तै एउटा सानो विषय हो । क्रियाको उद्देश्य बनेको पद नै सम्प्रदान कारक हो । नेपाली वैयाकरणहरूले संस्कृत वैयाकरणहरूले झैं कारकका विषयमा प्रशस्त खोज, अनुसन्धान गरेका छैनन् । विशेष गरेर संस्कृतमा आचार्य पाणिनि र भर्तृहरिले सम्प्रदान कारकको राम्रो चर्चा गरेका छन् । वैयाकरण पाणिनि संस्कृत व्याकरणका प्रामाणिक विद्वान् हुन् । उनको ‘कर्मणा यमभिप्रैति स सम्प्रदानम्’ (पा.सू. १।४।३२) यो सूत्र संस्कृत र नेपाली सम्प्रदान कारकको मूल स्रोत हो । यसको स्वस्वत्वनिवृत्तिपूर्वक दान र दाधातुको अर्थ उपलक्षणमात्र हो भन्ने विद्वान्हरूबिच विवाद देखिएको छ । अरू वैयाकरणहरू उनकै छत्रछायामा विकसित भएका छन् । आचार्य भर्तृहरिले ‘वाक्यपदीयम्’ नामक ग्रन्थमा सम्प्रदान कारकको चर्चापरिचर्चा गरेका छन् । उनको सम्प्रदानको विभाजन केही मौलिक छ । उनले अनिराकारक, प्रेरक र अनुमतिप्राप्त गरेर तिनवटा सम्प्रदानको वर्णन गरेका छन् । यो वर्गीकरण सम्प्रदान कारकको क्रियाशीलता वा अवस्थाका आधारमा भएको देखिन्छ । आचार्य पाणिनिले एघारवटा सम्प्रदानको चर्चा गरेका छन् । क्रिया र कारकको सम्बन्धका आधारमा उनले यस्तो वर्गीकरण गरेको पाइन्छ । जसअनुसार दानकर्मक, क्रियासम्प्रदान, रुच्यर्थक, ज्ञीप्स्यमान, धारणार्थक, ईप्सार्थक, ईष्र्यार्थक, पर्यालोचनार्थक, प्रतिज्ञा सम्प्रदान, प्रोत्साहन सम्प्रदान र करण सम्प्रदान रहेका छन् । आचार्य भर्तृहरिले संस्कृत व्याकरणमा गरेको सम्प्रदानको वर्गीकरणका प्रभावमा नेपाली भाषाको सम्प्रदान कारकलाई पनि विभाजन गर्न सकिन्छ । यस आधारमा नेपाली भाषामा मौलिकतासहित सात प्रकारका सम्प्रदानहरू रहेका छन् । ती यस प्रकार छन् इच्छुक, नैराश्य, दायित्व, निवेद्य, परावर्तक, दण्ड्य र कर्तव्य । यसरी यस लेखमा संस्कृत र नेपाली भाषाका सम्प्रदानहरूको खोज, अध्ययन र वर्गीकरण गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
947
pdf
473

Author Biography

खेमराज Khemraj खनाल Khanal, पिण्डेश्वर विद्यापीठ, धरान, नेपाल संस्कृत विश्वविद्यालय Pindeshwar Biddhyapeeth, Dharan, Nepal Sanskrit University

सहप्राध्यापक Associate Professor

Downloads

Published

2019-12-31

How to Cite

खनाल Khanal ख. K. (2019). नेपाली र संस्कृत भाषामा सम्प्रदान कारक Nepali ra Sanskrit Bhashama Sampradan Karak. Dristikon: A Multidisciplinary Journal, 9(1), 163–175. https://doi.org/10.3126/dristikon.v9i1.31185

Issue

Section

Articles