मेरी आमा शोककाव्यमा करुणरस
DOI:
https://doi.org/10.3126/dmcrj.v6i01.73842Keywords:
अनुभाव, आलम्बन, उद्दीपन, करुणरस, विभावAbstract
प्रस्तुत अध्ययनमा पूर्वीय काव्यशास्त्रमा स्थापित रससिद्धान्तअन्तर्गत करुणरसको अध्ययन गरिएको छ । सोमप्रसाद गर्तौैलाद्वारा रचित मेरी आमा (२०७१) शोककाव्यमा करुणरसको अध्ययन गरिएको प्रस्तुत लेखमा रसका उपकरणहरू विभाव, अनुभाव, व्यभिचारीभाव र स्थायीभावको सापेक्षतामा काव्यको अध्ययन गरिएको छ । पुस्तकालयीय अध्ययनकार्यबाट सामग्रीसङ्कलन गरिएको प्रस्तुत अध्ययनमा पाठविश्लेषणविधिको उपयोग भएको छ । आमाको असामयिक देहावसानपछि कविमा देखिएको मातृमोह, पीडा, चिन्ता र दुःखबाट सिर्जित शोकभावलाई काव्यमा प्रस्तुत गर्ने क्रममा करुणरस निष्पत्ति हुन पुगेको निष्कर्ष निकालिएको यस लेखमा करुणरस निष्पत्तिका लागि आवश्यक रस उपकरण र यसको साधारणीकरणलाई समेत निष्कर्षात्मक रूपमा प्रस्तुत गरिएको छ ।