पल्ली उपन्यासमा स्वैरकल्पना
DOI:
https://doi.org/10.3126/dmcrj.v6i01.73837Keywords:
अतिकल्पना, कल्पनाशीलता, कामेच्छा, पर्यावरण, प्रतिबिAbstract
प्रस्तुत अध्ययनमा साहित्य समालोचनापद्धतिका प्रचलित अवधारणामध्ये स्वैरकल्पनालाई आधार बनाई मोहनराज शर्माको पल्ली उपन्यासमा प्रयुक्त स्वैर कल्पनाको निरूपण गरिएको छ । भेटान तोदोरोब, रोजमरी ज्याक्सन, मानलोभ, बोर्मनका स्वैरकल्पनासम्बन्धी अवधारणालाई आधार मानी विवेच्य कृतिको विश्लेषण गरिएको छ । यसका लागि पुस्तकालयीय अध्ययनका आधारमा सामग्री सङ्कलन गरी पाठविश्लेषण गरिएको छ । मोहनराज शर्माको पल्ली उपन्यासमा यौन विषयक, समाज विषयक र विज्ञान विषयक स्वैरकल्पनाको प्रयोग भएको छ । प्रस्तुत उपन्यास सामान्य मानव परिवेश र जीवन जगत्भन्दा पृथक, अनपत्यारिलो एवम् अतिकाल्पनिक किसिमका वस्तुचयनले स्वैरकाल्पनिक बनेको छ । उपन्यासमा जोनाथनलाई केन्द्रीय चरित्रको रूपमा चित्रण गरी यथार्थको अतिकाल्पनिकता प्रस्तुत गरिएको छ भने जनार्दनको यथार्थलाई स्वैरकाल्पनिक ढङ्गले चित्रण गरिएको छ । जोनाथन बाबु स्यामुयलबाट कङ्गाल र हड्डीको कारोबारमा लाग्नु, ग्रिसेली सुन्दरी हेलेनसँग प्रेमको आलिङ्गनमा बाँधिएर चुम्बन लिन खोजेको र इजिप्टेली सुन्दरी क्लियोपेक्ट्रालाई सर्वाङ्ग नग्न देख्नुले स्वैरकाल्पनिक चित्रणमा जोनाथन आएको छ । जोनाथनमा रहेको यौन अतृप्तताले अतिकाल्पनाको विश्वसुन्दरीसँगको प्रेमप्रसङ्ग र कङ्कालको व्यापार गर्नुलाई स्वैरकाल्पनिक कोणबाट बुझ्न सकिन्छ । उपन्यासकारले जोनाथनको नेपाली संस्करणको रूपमा जनार्दनलाई जोड्दै नारी देह बगरमा झर्नु, चन्द्रबाहुले ढोल, नगरा बजाई दासलाई हात्तीले कुल्चाएर मार्नु भयानक त्रासद र अतिकाल्पनिक विषय हुन् । जनार्दनले बाबुको कङ्गालको मूल्यमा यौन व्यवसायीगमनको विषय प्रस्तुत हुनु र जनार्दनको अतृप्त यौनलाई प्रतीकका माध्यमबाट प्रस्तुत गर्नुलाई यो उपन्यासमा स्वैरकल्पनाको प्रयोग छ भन्ने निष्कर्ष निकालिएको छ ।