‘बेग्लै म’ कथामा सन्दिग्धता

Authors

  • अम्बिका Ambika अर्याल Aryal

Keywords:

अल्पसङ्ख्यक, तेस्रोलिङ्गी, विषमलिङ्गी, सन्दिग्धता, समलिङ्गी

Abstract

प्रस्तुत शोध लेख ‘बेग्लै म’ कथाको सन्दिग्धता अध्ययनमा आधारित छ । ‘बेग्लै म’ आख्यानकार उषा शेरचनको कथासङ्ग्रह “बेग्लै म” (२०८१) भित्र सङ्गृहीत शीर्ष कथा हो । सन्दिग्धता पाश्चात्य जगतमा विकसित क्वियर थेउरीको नेपाली रुपान्तरण हो । क्वियर वा सन्दिग्धताले लैङ्गिक अल्पसङ्ख्यक अर्थात् तेस्रोलिङ्गीलाई समेट्छ । सन्दिग्धता तेस्रो लिङ्गीका हकअधिकार र पहिचानका खोजीमा बिसौँ शताब्दीको अन्त्यतिर विकसित पाश्चात्य साहित्यसिद्धान्त हो । यसले कृतिमा अभिव्यक्त लैङ्गिक अल्पसङ्ख्यकको समस्या, स्थितिको विश्लेषण गरी तिनको अस्तित्वको खोजीमा जोड दिन्छ । शेरचनको ‘बेग्लै म’ कथामा पनि लैङ्गिक अल्पसङ्ख्यकलाई मूल पात्रका रूपमा उभ्याएर तेस्रोलिङ्गीका समस्या, सामाजिक दृष्टिकोण एवम् अस्तित्वप्रतिको सचेतनालाई विषय बनाइएको छ । तसर्थ यस कथामा लैङ्गिक अल्पसङ्ख्यकको उपस्थिति, भूमिका तथा समस्यालाई कसरी प्रस्तुत गरिएको छ भन्ने समस्याको निरूपण गर्ने लक्ष्य यस लेखको रहेको छ । यसका लागि सन्दिग्धता सिद्धान्तका तेस्रो लिङ्गीको समस्या र मनोभाव, तेस्रो लिङ्गीको अस्तित्वको लडाईँ, तेस्रो लिङ्गीप्रतिको सामाजिक धारणा तथा तेस्रो लिङ्गीप्रतिको लेखकीय दृष्टिकोणजस्ता मूल अवधारणालाई कृतिविश्लेषणको सैद्धान्तिक आधार मानी निगमनात्मक विधिबाट तथ्यको विश्लेषणपश्चात् समस्याको निरूपण गरिएको छ । यस कथामा ट्रान्सजेन्डर अर्थात् लैङ्गिक अल्पसङ्ख्यकको विषयलाई तिनै पात्रको नायकत्वमा प्रस्तुत गरिएको हुनाले तेस्रो लिङ्गीका समस्या तथा मनोभावना यथार्थ रूपमा प्रस्तुत भएको निष्कर्ष निकालिएको छ । यस्तै यस कथामा तेस्रो लिङ्गीका अधिकार र पहिचानको माग गर्दै समाजले हेर्ने दृष्टिकोण र सोचमा परिवर्तनको अपेक्षा भावलाई प्रस्तुत गरिएको हुनाले यस कथालाई सन्दिग्धता सिद्धान्तले अघि सारेको अवधारणाका सापेक्षमा हेर्दा तेस्रो लिङ्गीको अस्तित्व तथा पहिचानप्रतिको चेतनायुक्त सशक्त कथाका रूपमा यसलाई लिन सकिने निष्कर्ष पनि यस लेखको रहेको छ ।

Abstract
227
PDF
0

Downloads

Published

2024-12-31

How to Cite

‘बेग्लै म’ कथामा सन्दिग्धता. (2024). DMC Research Journal, 6(01), 69-78. https://doi.org/10.3126/dmcrj.v6i01.73776

Issue

Section

Articles

How to Cite

‘बेग्लै म’ कथामा सन्दिग्धता. (2024). DMC Research Journal, 6(01), 69-78. https://doi.org/10.3126/dmcrj.v6i01.73776