सुदूरपश्चिममा ट्रान्सजेंडरको अनुभव र अवस्था

Authors

  • शान्ता हमाल

Keywords:

ट्रान्सजेंडर पहि चान, ट्रान्सजेंडर महि ला, ट्रान्सजेंडर पुरुष, लैङ्गिक पहिचान, विपरीत लिङ्गी, समलिङ्गी

Abstract

याे लेखले सुदुरपश्चिम प्रदेशमा ट्रान्सजेन्डर (पारलैङ्गिक) व्यक्ति हरू समाजमा आफ्नाे पहिचानका साथ अगाडी आउन सकेका छन्त भन्ने प्रश्ननको उत्तर खाेज्नका लागि, उनीहरुको जीवन भोगाई र अवस्था पत्ता लगाउने उद्देश्य राखेको छ । त्यसको लागि १० जना ट्रान्सजेन्डर व्यक्तीहरुसँग अनलाइन (जूम) र फाेनको माध्ममबाट असंरचित प्रश्नावलीकाे प्रयाेग गरी गहन अन्तर्वार्ता गरिएको थियो। ट्रान्सजेंडरको अनुभव र अवस्था बुझ्दा व्यक्ति विशेष फरक-फरक अवस्था र अनुभव पाइयो l याे अध्ययनको निम्न निष्कर्षहरु रहेका छन् कानुनले ट्रान्सजेंडरलाई समानताको हक प्रदान गरेता पनि प्रयोगमा
सहज, व्यवहार र सम्बन्धमा परिवर्तन पाइएन l समलिङ्गी विवाहलाई कानुनले मान्यता नदिए तापनि व्यवहारमा विवाह भएको पाइन्छ l अझैपनि प्रायजसो ट्रान्सजेंडरहरु आफुले चाहेको पहिचानका साथ समाजमा आउन नसकेको र केही मात्र भएपनि निलहिरा समाज द्वारा आफ्नो पहिचान निर्माण गरेको पाइन्छ l ट्रान्सजेंडरहरु विभिन्न क्षेत्रबाट विपरीत लिङ्गीकाे व्यवहार भएकै कारण बहिष्कृत हुनुपरेकोले उनीहरूको सामाजिक शैक्षिक र आर्थिक उन्नतिमा बाधा पुगेको देखियो l जसको कारण ट्रान्सजेंडरहरुसँग सम्बन्धित पर्याप्त ज्ञानका साथै ट्रान्सजेंडर अनुकूल वातावरण नहुनु र ट्रान्सजेंडरलाई समाजको एक भागको रूपमा लिई व्यवहार र सम्बन्ध कायम गर्न नसक्नुरहेको छ l ट्रान्सजेंडर मैत्री वातावरण बनाउनका लागि समाज र शैक्षिक प्रणालीमा ट्रान्सजेंडर सम्बन्धी पर्याप्त ज्ञान प्रदान गर्नुका साथै मिडिया प्रयोग गर्नुपर्ने देखिन्छ l उनीहरूलाई फरक नभएर समान व्यवहार गर्नुपर्ने देखिन्छ l साथै ट्रान्सजेंडरहरुलाई सशक्तीकरण गरी आत्मसम्मानको जीवन जिउने वातावरण बनाउन सकेमा ट्रान्सजेंडरहरुको जीवन गुणस्तरीय बनाउन सकिन्छ जुन कुरा देशको समृद्धिसँग जोडिन जान्छ l यस अध्ययनले नीति निर्माण र सुधार गर्नमा सहयोग पुर्याउँछ l

Abstract
227
PDF
0

Downloads

Published

2023-02-09

How to Cite

सुदूरपश्चिममा ट्रान्सजेंडरको अनुभव र अवस्था. (2023). DMC Research Journal, 5(01), 81-94. https://doi.org/10.3126/dmcrj.v5i01.52134

Issue

Section

Articles

How to Cite

सुदूरपश्चिममा ट्रान्सजेंडरको अनुभव र अवस्था. (2023). DMC Research Journal, 5(01), 81-94. https://doi.org/10.3126/dmcrj.v5i01.52134