नेपाली कवितामा जनजातीय बिम्बको प्रयोजन
DOI:
https://doi.org/10.3126/dmcj.v9i8.74868Keywords:
उत्पीडनबाट मुक्ति, सौन्दर्य शास्त्र, प्रतिबिम्बन, इतिहासको पुनर्लेखनAbstract
यस अनुसन्धानमा समकालीन नेपाली कवितामा जनजातीय बिम्बको प्रयोजनको खोजी गरिएको छ।नेपाली कवितामा जनजातीय बिम्बहरूको धेरथोर प्रयोग हुँदै आएको भए पनि पछिल्लो समयमा यसको सचेत प्रयोग हुन थालेको छ।पछिल्लो समयमा जातीय, भाषिक, सांस्कृतिक जागरण बढेको छ र नेपाली साहित्यको मूल विषय नै पहिचान बन्दै गएको छ।जनजातीय बिम्बको प्रयोग विशेषगरी राई, लिम्बु, तामाङ, नेवार, चेपाङ, शेर्पा, थारु, मगर, गुरुङ आदि जनजातिका इतिहास, संस्कृतिसँग सम्बन्धित छन्।जनजातीय बिम्बको माध्यमबाट नेपाली समाजको विविधताको प्रतिबिम्बन गरिएको।जनजातिमाथिका उत्पीडन, विभेदको चित्रण गर्दै त्यस्तो विभेदको अन्त्यको आवश्यकता औंल्याइएको पाइन्छ।त्यसरी नै नेपाली इतिहासको पुनर्लेखनको आवश्यकता औंल्याउने अनि आफ्नो जातीय इतिहास र सभ्यताप्रति गर्व गर्दै त्यसको पुनर्जागरणका लागि आह्वान गर्ने प्रयोजन देखिन्छ। नेपाली कविता परम्परामा वेद, महाभारत, रामायण, पुराण आदिका बिम्ब, प्रतीक र मिथकहरूको वर्चस्व भएको प्रति असन्तुष्टि व्यक्त गर्दै अबका कवितामा जनजातिसँग सम्बन्धित बिम्ब, प्रतीक र मिथकको प्रयोग गर्नुपर्छ भन्ने आग्रहवश पनि जनजातीय बिम्बहरूको प्रयोग गरिएको पाइन्छ। यसका साथै जनजातिहरूका लागि अलग्गै सौन्दर्यशास्त्रको प्रस्तावका रूपमा पनि जनजातीय बिम्बको प्रयोग गरिएको देखिन्छ।जनजातीय बिम्बको प्रयोगबाट समकालीन नेपाली कविताका साथै समग्र नेपाली साहित्यको धरातल फराकिलो बनेको छ।