https://nepjol.info/index.php/dmcj/issue/feedDMC Journal2023-08-17T15:09:14+00:00Krishna Bahadur Raipakharibas3@gmail.comOpen Journal Systems
DMC Journal is published by the Diktel Multiple Campus, Research Management Cell.
https://nepjol.info/index.php/dmcj/article/view/57658कुलेले आत्महत्या गर्यो ? कथामा अनुभूतिको संरचना 2023-08-15T06:49:42+00:00असमान Asaman लामा Lamahirakumarrai70@gmail.com
प्रस्तुत अध्ययन नारायण ढकालद्वारा लिखित कुलेले आत्महत्या गर्यो कथामा वर्ग, पिँढी र प्रभुत्व एवम् दबाव र तनावबाट सिर्जित अनुभूतिको अध्ययनसँग सम्बन्धित छ । यसमा कथाले समेटेको कालगत सन्दर्भ, वर्ग, पिँढीगत दबाव र तनावका परिप्रेक्ष्यमा पात्रहरूले गरेका अनुभूति र दबाव र तनावका परिप्रेक्ष्यमा निर्मित विशिष्ट अनुभूतिको संरचना पहिल्याउने कार्य गरिएको छ । यस अध्ययनका लागि बेलायती समाजशास्त्री रेमन्ड विलियम्स (सन् १९२१–१९८८) को साहित्यको समाजशास्त्रीय मान्यताअनुभूतिको संरचना सम्बन्धी मान्यतालाई कृतिविश्लेषणको मुख्य आधारका रूपमा उपयोग गरिएको छ । अध्ययनको निष्कर्षमा कुलेले आत्महत्या गर्यो कथाले नेपाली समाजका राजनीतिक विकृति, बेरोजगार रआर्थिक अभावबाट पात्रहरूले गरेका विशिष्ट अनुभूतिका साथै दबाव र तनावबाट मुक्तिका लागि प्रतिरोधी चेतना विकसित भएर नयाँ उदीयमान संस्कृतिको जन्मको सङ्केत देखिएको निष्कर्ष निकालिएको छ ।
2022-07-01T00:00:00+00:00Copyright (c) 2022 https://nepjol.info/index.php/dmcj/article/view/57665"गोलार्द्धका दुई छेउ’ एकाड्ढीमा संवाद विश्लेषण2023-08-15T09:20:24+00:00ऋषिराम Rishiram खतिवडा Khatiwadakhatiwadarishiram@gmail.com
प्रस्तुत लेखमा ‘गोलाद्र्धका दुई छेउ’ एकाङ्कीमा संवाद रचनामा केन्द्रित रहेको छ । एकाङ्कीकार गोपाल पराजुलीद्वारा लेखिएको यस नाटकमा समावेश गरिएका संवादको अवयवलाई आधार बनाएर विश्लेषण गरिएको छ । यसका लागि निर्धारित अंशको अर्थापनका लागि सघन पाठ विश्लेषण विधिअनुसार सन्दर्भपरक अध्ययन विश्लेषण गरिएको छ । यसरी स्थापित सिद्धान्तका आधारमा विश्लेषण गरिएको हुनाले यो गुणात्मक प्रकृतिको रहेको छ । यसमा पुस्तकालयीय कार्यको आधारमा प्राथमिक र द्वितीयक स्रोतका सामग्री विश्लेषण गरिएको छ । यहाँ प्रचलित सिद्धान्तलाई आत्मसाथ गर्दै उदाहरण दिइ पुष्टि गरेको हुनाले निगमनात्मक विधिको प्रयोग गरिएको छ । विवेच्य नाटकमा प्रस्तुत संवादलाई मूल प्राज्ञिक समस्या बनाएर त्यसको समाधान खोज्नको लागि पराजुलीको ‘गोलाद्र्धका दुई छेउ’ एकाङ्कीको मुख्य मुख्य संवादलाई प्रयोग गरिएको छ । यस्ता संवादलाई पारस्परिक सम्झौता, आलोपालो, घुम्ती, मौनता, समान जग, सहगामी युग्म र विषय व्यवस्थापन आदिको आधारमा विश्लेषण गरिएको छ । यसकै आधारमा संवाद रचनाको बारेमा निष्कर्ष निकाल्न सकिन्छ ।
2022-07-01T00:00:00+00:00Copyright (c) 2022 https://nepjol.info/index.php/dmcj/article/view/57666के तिमीले मलाई आविष्कार गर्यौ ? कवितामा लयविधान2023-08-15T09:43:04+00:00गौरीसरा Gourisara गुरुङ Gurunggurunggouri@gmail.com
‘के तिमीले मलाई आविष्कार गर्यौ ?’ कवि सरिता तिवारी (२०७२) द्वारा लिखित लामो गद्य कविता हो । नारी अस्तित्वको पक्षमा लेखिएको यो कविताप्रश्नहरूको कारखाना (२०७२) कवितासङ्ग्रहमा समेटिएको छ । २४९ शब्द, ५७ पङ्क्ति र ११ अनुच्छेदमा संरचित यस कविताको लय विधानको अध्ययनका लागि लयविधानको विभिन्न सैद्घान्तिक आधारहरू पङ्क्तिविन्यास, समानान्तरता, विचलन, विपरितता,खण्डीकरण, सम्बोधन र लेख्यचिह्नहरूलाई आधार लिइएको छ ।
2022-07-01T00:00:00+00:00Copyright (c) 2022 https://nepjol.info/index.php/dmcj/article/view/57683“मफलर युद्ध’मा वर्गीय चेत 2023-08-16T06:35:54+00:00तेजविलास Tejbilas अधिकारी Adhikaritejkamare@gmail.com
अनिल श्रेष्ठ प्रगतिवादी साहित्यकार हुन् । राष्ट्र र राष्ट्रियताका साथमा जनजीविकाका यावत प्रश्नमा उनले समाधानको उपाय सुझाएका छन् । आफ्नो कवितासङ्ग्रह ‘मफलर युद्ध’ मार्फत् उनले सामाजिक भेदभाव, थिचोमिचो र दमनको विरुद्ध चेतना निर्माण गर्दै समग्र देशवासीको चेतना निर्माण गर्ने बाटोमा साधना गरिरहेका छन् । आफ्नै विशेष काव्य प्रवृत्ति निर्माण गरिसकेका अनिल श्रेष्ठ समकालीन कवितायात्राका एक परिचित व्यक्तित्व बन्न पुगेका छन् । समाजमा हुने आर्थिक–सामाजिक गतिविधिले समाजलाई जागरुक मात्र गराउँदैन । यसका साथै समाजमा रहेका समस्याको अन्त्य गर्न सङ्गठित पनि गर्दछ ।समाजमा एक खाले मानिस प्रतिष्ठा आर्जनको बेलगामे यात्रामा दौडिरहेका छन् भने अर्को खाले मानिस गाँस, बास र कपासको पिरलोमा रुमलिरहेका छन् । समाज परिवर्तनको आधार बनेका श्रमजीवि वर्ग अझैआफ्नो श्रमको उचित मूल्यविना अस्तित्वको सङ्कटमा छ भने श्रमको शोषण गरेर खाने वर्गको संरक्षणमा राज्य नयाँ नयाँ असफलताका मानकहरू स्थापना गरिरहेको छ । एकातिर सत्ताको दमनकारी नीति हावी भइरहेको छ भने अर्को तर्फ श्रमिकको जीवन समाप्त पार्न सत्ता सहयोगीहरू उत्साहित भएका छन् । सत्ताको दम्भी सोचलाई जनताको चेतनाको स्वरले मात्र जवाफ दिन सक्छ भन्ने निष्कर्ष यस कवितासङ्ग्रहको रहेको छ । यही सेरोफेरोमा कविता सङ्ग्रहभित्रका कविताहरूले विचार अभिव्यक्त गरेका छन् । नेपाली समाजको पछिल्लो स्थिति र बढ्दै गएको जनताको चेतनाले एकदिन गुणात्मक परिवर्तन सम्भव छ भन्ने निष्कर्ष यस लेखमा प्रस्तुत गरिएको छ ।
2022-07-01T00:00:00+00:00Copyright (c) 2022 https://nepjol.info/index.php/dmcj/article/view/57684शरणार्थी उपन्यासमा “जयमाया आफूमात्र लिखापानी आइपुगी’2023-08-16T06:52:31+00:00निलुफर Nilufar बञ्जरा Banjarabanjaranilufar@gmail.com
प्रस्तुत लेख विनिर्माणको विपठनसँग सम्बन्धित छ । आख्यान कुनै बेला इतिहास जस्तो, कुनै बेला राजनीति जस्तो, कुनै बेला पत्रकारिता जस्तो, कुनै बेला निबन्ध जस्तो, कुनै बेला कथा जस्तो, नाटकजस्तो, समालोचना जस्तो, कविता जस्तो र कुनै बेला संस्मरण जस्तो धरै जस्तो बन्न जानु विनिर्माण हो । कृष्णधरावासीको शरणार्थी भित्र सङ्गृहीत ‘जयमाया’ खण्ड यस्तै विपठनको उदाहरण हो । ‘जयमाया’ इन्द्रबहादुर राईको ‘जयमाया आफूमात्र लिखापानी आइपुगी’ कथाको पुनर्पठन हो । पात्र, परिवेश, विषयवस्तु, शीर्षक आदि कुरामा पुनर्पठन हुनु विनिर्माण हुनु हो । यिनै उत्तरआधुनिताको छाता भित्रको विनिर्माण र विनिर्माणभित्रको पनि विपठनलाई लिएर शरणार्थी उपन्यसको जयमाया खण्ड विश्लेषण गरिएको छ ।
2022-07-01T00:00:00+00:00Copyright (c) 2022 https://nepjol.info/index.php/dmcj/article/view/57686नेपालको मौलिक संस्कृति : भीमसेन2023-08-16T07:09:31+00:00राजनलाल Rajanlal जोशी Joshirasjoshi@gmail.com
काठमाडौं उपत्यकालाई थातथलोको रूपमा लिंदै आएका नेवारहरू नेपाल भित्र र बाहिर विभिन्न स्थानमा बसोबास गर्दै आइरहेका छन् । धार्मिक, सांस्कृतिक रूपमा विविधता रहेको यो समुदायले आफू बसेको स्थानमा मौलिक संस्कृतिको विकास गर्ने गरेका छन् । यो समुदायले आफू जहाँ बसेपनि भीमसेनलाई आफ्नो इष्टदेवताको रूपमा पूज्ने गर्छन् । विशेषगरी व्यापारी वर्गले भीमसेनलाई पूजा आराधना नगरी दिनचर्या नै शुरु गर्दैनन् । फलस्वरूप यो समुदायले आफू जहाँ बसेपनि साना–ठुला भीमसेनको मन्दिर बनाउने गर्छन् । आस्था विश्वासका साथ पूजिंदै आएको भीमसेनलाई नेवार समुदायले मात्र व्यापारका देवताको रूपमा मात्र नरही आफ्नो पीडा कष्ट हटाउने देवताको रूपमा पनि लिने गरिन्छ । बलका देवताको रूपमा चिनिएका भीमसेनलाई कृषि र यौनका देवताको रूपमा समेत पूजिन्छ । फलस्वरूप नेवारहरूकोजीवनको अंगको रूपमा विकास गरेको भीमसेन पूजनलाई संस्कृतिको रूपमा नै विकास गरेको पाइन्छ ।
2022-07-01T00:00:00+00:00Copyright (c) 2022 https://nepjol.info/index.php/dmcj/article/view/57689खोटाङ जिल्ला दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नं. ३, बाम्राङको समुदायमा रहेका जातजातीमा खानेपानीको अवस्था2023-08-16T07:23:47+00:00लिलाबहादुर Lilabahadur खत्री Khatrililakhatri386@gmail.com
पानी यस पृथ्वीमा रहेका सजिव वस्तुका लागि अति महत्वपूर्ण वस्तु हो । त्यस मध्ये पृथ्वीको सर्वश्रेष्ठ प्राणीमा मानव जाती पर्दछ । त्यसैले मानव जातीका लागि खानेपानी अति नै महत्वपूर्ण मानिन्छ ताकि उपयुक्त खानेपानीको अभावमा मानिसको वृद्घी विकासमा समेत अवरोध हुने भएका कारण नेपालका विभिन्न भेगमा खानेपानीको पर्याप्तताको अवस्था कस्तो छ भनि सम्पूर्ण भुगोलको प्रतिनिधित्व हुनेगरी खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालीका वडा नं. ३, बाम्राङको खानेपानीको अवस्था सम्बन्धि अध्ययन गरिएको हो । यो अनुसन्धानात्मक लेख खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ३, बाम्राङका समूदायमा परिमाणत्मक तथा गुणात्मक अनुसन्धान विधि अन्र्तगत सम्भाव्य नमूना छनौट विधि मध्ये चिठ्ठा विधिको प्रयोग गरी जम्मा १२० घर नमूनाको लागि छनौट गरीयो । त्यसमध्ये ब्राह्मण ८ घर, क्षेत्री २६ घर, जनजाती ७० घर र दलित १४ घर छनौट गरी आवश्यक प्रश्नावली भराई तथ्याङ्क सङ्कलन गर्दै प्राथमिक श्रोतबाट तथ्याङ्क सङ्कलनका साथ आवश्यक अन्य तथ्याङ्कको लागि द्वित्तीय श्रोत समेतको प्रयोग गरी अनुसन्धानलाई १२० घर परिवारका सदस्यहरुबाट जम्मा १२० जनालाई नमूनाको रुपमा लिई २०७८ साल फाल्गुण महिनामा गरिएको एक सर्वेक्षण बाट ५१.६७ प्रतिशत घर परिवारले धाराको, ४३.३३ प्रतिशत घर परिवारले पाइपको, ३.३३ प्रतिशत घरपरिवारले कुवाको तथा १.६७ प्रतिशत घर परिवारले खोलाको खानेपानी प्रयोग गर्ने गरेको र सबै भन्दा बढिदलित समूदायमा ७१.४२ प्रतिशतले पाइपको माध्यमबाट खानेपानी प्रयोग गर्ने गरेको पाइएको छ भने सबैभन्दा कम ब्राह्मण समूदायमा २० प्रतिशतमा मात्र पाइपको पहँुच भएको पाइएको छ । समग्रमा ३३.३३प्रतिशत घर परिवारमा मात्र घरैमा पानीको पहुँच छ । ब्राह्मण र जनजाती समूदायमा सबैभन्दा बढि४०÷४० प्रतिशत र सबैभन्दा कम दलित समूदायमा १४.२८ प्रतिशत रहेको छ । एक घर एक धाराकोपहुुँच ३१.६७ प्रतिशत घर परिवारमा देखिन्छ भने सबैभन्दा बढि ब्राह्मण समूदायमा ८० प्रतिशत घरधुरीमाधारा रहेको छ भने सबैभन्दा कम दलित समूदायमा १४.२८ प्रतिशत घरधुरीमा धारा रहेको छ ।खानेपानीको पर्याप्ततालाई हेर्दा ८५ प्रतिशत घरधुरीमा पर्याप्त खानेपानीको पहुँच पुगेको देखिन्छ भनेसबैभन्दा बढि दलित समूदायमा सबैले १०० प्रतिशत वा बाह्रै महिना पानी उपभोग गर्न सक्ने देखिन्छ भने ब्राह्मण समूदायका ४० प्रतिशत घरधुरीले मात्र बाह्रै महिना खानेपानी उपभोग गर्न सक्ने देखिन्छ । खानेपानी शुद्धिकरणको ज्ञानको दर ४५ प्रतिशत रहेको छ भने उच्चतम ज्ञानको दर ब्राह्मण समूदायमा८० प्रतिशत देखिन्छ , सबैभन्दा कम दलित समूदायमा १४.२८ प्रतिशत रहेको छ भने क्षेत्री र जनजातीमाक्रमशः ४६.१५ र ४५.७२ प्रतिशत रहेको छ । त्यसैगरी खानेपानी शुद्धिकरण गर्न अवलम्वन गर्ने विधि अन्र्तगत उमालेर प्रयोग गर्ने प्रयोगकर्ताको दर ६० प्रतिशत छ , शुद्धिकरणका कुनै विधि नै प्रयोग नगरी खानेपानी प्रयोग गर्ने प्रयोगकर्ताको दर १० प्रतिशत रहेको छ । त्यसमा दलित, ब्राहमण, क्षेत्री तथा जनजातीको पानी शुद्धिकरणको प्रयोग दर क्रमशः १००, १००, १०० र ८३ प्रतिशत रहेको छ ।
2022-07-01T00:00:00+00:00Copyright (c) 2022 https://nepjol.info/index.php/dmcj/article/view/57691कक्षा १० को नेपाली भाषा पाठ्यपुस्तक २०५५ र २०६५ को तुलनात्मक अध्ययन विश्लेषण2023-08-16T07:34:46+00:00शोभा कुमारी Shobha Kumari फुयाल Phuyalshobha.phuyal@gmail.com
लेख भाषा पाठ्यपुस्तकको तुलनात्मक अध्ययन विश्लेषणमा आधारित रहेको छ । यस लेखमा कक्षा दशको नेपाली भाषा पाठ्यपुस्तक २०५५ र सोही कक्षाको नेपाली भाषा पाठ्यपुस्तक २०६५ को आन्तरिक र बाह्य आधारमा र पाठ्यक्रम अनुरूपकताका आधारमा दुवै पाठ्यपुस्तकको विधा वितरण तथा प्रस्तुतिका दृष्टिले तुलना गरी सबल र दुर्बल पक्ष पत्ता लगाई सुझाव दिनु मूलभूत उद्देश्य रहेको छ । यो अध्ययन मूलतः वर्णनात्मक अनुसन्धान विधिमा आधारित रहेको छ । यस लेखमा सामग्री सङ्कलनका क्रममा द्वितीय स्रोत विधि अपनाइएको छ । यस लेखमा प्रयोग भएका मुख्य विधिहरूमा पुस्तकालय विधि, तुलनात्मक विधि र पाठ्यक्रम अनुरूपता अध्ययन विधि रहेका छन् । यस क्रममा मुख्यतः विभिन्न लेख, रचना तथा पाठ्यपुस्तकबाट अनुसन्धान विषयसँग सम्बद्ध पूर्वकार्यहरू सन्दर्भ पुस्तक लेख प्रतिवेदन आदिमा प्रकाशित लगायतका सामग्री उपयोग गरिएको छ । कक्षा दशको २०५५ को र २०६५ को पाठ्यपुस्तक निर्माणका क्रममा विधा र पाठको चयनमा पाठ्यक्रम अनुरूपताको कमी देखिन्छ साथै विधा र पाठ्यभार शब्द सङ्ख्या नमुना अभ्यास आदिमा सन्तुलन देखिँदैन । दुवै पाठ्पुस्तकमा शिक्षण प्रक्रिया उल्लेख भए तापनि शिक्षणविधि छुट्टै रूपमा उल्लेख गरिएको छैन । साथै विधा वितरणमा एकरूपता छैन । अक्षरको आकार ठाँउ छोडाइ छपाइ आदिका दृष्टिले २०५५ को पाठ्यपुस्तक भन्दा २०६५ को पाठ्पुस्तक उत्कृष्ट छ । प्रस्तुत अध्ययन भाषा पाठ्यपुस्तकको तुलनात्मक अध्ययन विश्लेषण गर्न चाहने भाषाविज्ञ, भाषाका विद्यार्थी, भाषापाठ्यपुस्तक निर्माण गर्ने संस्थालाई समेत उपयोगी हुने विश्वास लिइएको छ।
2022-07-01T00:00:00+00:00Copyright (c) 2022 https://nepjol.info/index.php/dmcj/article/view/57692नेवाः संस्कारमा चित्रकलाको प्रयोग2023-08-16T07:44:43+00:00वज्रमुनि Bajramuni वज्राचार्य Bajracharyabbajramuni@gmail.com
नेपालमण्डलका बासिन्दा नेवारहरुले जीवनलाई आलंकारिक बनाउन जीवनमा अपनाउँदै आइरहेको हरेक संस्कृति र संस्कारका कर्महरुमा मूर्तिकला, वास्तुकला, संगितकला, चित्रकलाको प्रयोग भइरहेको छ। चित्रकला सौन्दर्यको प्रतीक मात्र नभै मानवको अन्तरहृदयको भाव पोख्ने माध्यम पनि हो । त्यसैले कलाको माध्यमबाट मानव सभ्यताको पहिचान हुन्छ । कलाको माध्यमबाट संस्कृतिको जन्म हुन्छ । संस्कृतिले कलालाई जीवन्त बनाउँछ । कला र संस्कृति शरीर र प्राण जस्तै अन्योन्याश्रित सम्बन्ध छ । संस्कृतिको विस्तृत रुप संस्कार हो । यस लेखमा नेवारहरुले जन्मदेखि मृत्युसम्मका संस्कार कर्महरुमा के कस्ता चित्रहरु प्रयोग गरेका छन् ? ती चित्रहरु किन कुन दर्शनबाट प्रभावित भएर प्रयोग गरेका हुन् ? संस्कारमा चित्रकला किन प्रयोग गरिन्छ ? भन्ने प्रश्नको उत्तर खोज्नु यो लेखको उद्देश्य हो । यसको लागि समाजशास्त्र सिद्धान्त अपनाई ब्याख्या विश्लेषण गरिने छ । यो अनुसन्धान स्रोतको रुपमा मुख्य रुपमा पुस्तकहरुको अध्ययन भएको छ । यस अनुसन्धानात्मक लेखको लेखक स्वयं वज्रयानी समाजमा रही संस्कार कर्मको अवलोकन, सहभागी गर्दै आइरहेको हुनाले अनुभव र अवलोकन गरिएका अनुभव र त्यस्तो संस्कारसंग सम्बन्धित फोटोहरु समावेश गरिएको छ । नेवार संस्कारमा विविध कलाको प्रयोग हुने भए तापनि यसमा विशेष गरी नेवारहरुको जीवनमा गरिने संस्कारमा चित्रकलाको प्रयोगलाई केन्द्र बनाई अध्ययन गरिएको छ ।
2022-07-01T00:00:00+00:00Copyright (c) 2022 https://nepjol.info/index.php/dmcj/article/view/57509A review of principles of management's history and contemporary perspective in brief2023-08-11T08:25:05+00:00Bijaya Kumar Raibijayaraidc@gmail.com
Management is a crucial phenomenon in the modern business age. Management is an important instrument for the managers. Though, managers used to apply emerging theories and principles to be wonderful success beyond the enhancing organization’s productivity and gaining more profit. Since ancient period, accompanying with human civilization. Million scholars are thinking, studying and experimenting for effective principles of management till now and still they have been continuing it.

Furthermore, this study reviews that the history of management, evolution of management thought, trends of scholars contributions in different time period from the antiquity.

In the 18th century, during the industrial revolution has been changed tremendously in management perspectives. Management scholars, experts have had developed some classical theory, human relation theory, Human behavior science theory, management science theory, system theory, and contingency theory. Scientists, mathematicians, economists, sociologists, psychologists are still research experimenting and inventing contemporary management theories of management.

This is the scientific era, world is influencing with dynamic environment. The technology, economic, social, culture, political, legal etc. are changing continuously. Thus, a manage must take crucial challenges in working environment in the organization. Hence, the manager should be consider on changing perspective of management principles. Principles of management provide suitable guidelines for a manager. Moreover, if managers follow strictly principles of management, definitely it supports to enhance efficiency of employees' and increased productivity. An organization’s success and failure depends on effective management. Whether a successful management can drastically change in society and nation through economically and social paradigm.
2022-07-01T00:00:00+00:00Copyright (c) 2022 Diktel Multiple Campus, Research Management Cellhttps://nepjol.info/index.php/dmcj/article/view/57510An Impact of Covid‐19 in Profitability of the Cooperative Organization in Khotang District2023-08-11T08:43:32+00:00Harka Bir Raiharka386@gmail.com
The purpose of the study was to analyze the profitability ratios of co-operatives organizations in Khotang District before and after Corona virus Diseases Of 2019(COVID 19) from 2018 to 2021 A.D. To analyze the effect of profit due to Pandemic, secondary data are collected based on final audit report. In this study the quantitative research approach is used. The net profit of the two organizations is compared, the five types of the profitability ratios are calculated using formulas. The net profit ratios, Return on Shareholders’ Equity (ROSE), Return on Common Shareholders Equity (ROCSE), Return on Assets (ROA) and Return on Common Equi (ROCE) are found increased of (Subha Labha Bachat Tatha Rin Sahakari Sanstha) SLBRS whereas then other cooperative Sidda Laxmi Bachat Tatha Rin Sahakari Sanstha (SBRS) are found decreased. The ROCE of SBRS are found decreasing and decreasing then it became negative. The analysis shows that there are not any effect of Pandemic in profitability for SLBRS but another organization SBRS has adverse effect.
2022-07-01T00:00:00+00:00Copyright (c) 2022 Diktel Multiple Campus, Research Management Cellhttps://nepjol.info/index.php/dmcj/article/view/57511Chamling and English Question Words: A Comparative Stud2023-08-11T08:49:04+00:00Krishna Bahadur Raipakharibas3@gmail.com
This study aims to explore the questions words of Chamling and analyze the question words of Chamling and English. For this purpose Chamling and English data related to the question words are used. The comparative and contrastive study of data reveals that the position of question words is different in Chamling—initial, middle, and final—and in English—only initial. The position of Chamling question words contrasts with English question words in interrogative sentence. The finding of study shows that question words are used to ask open questions in both languages.
2022-07-01T00:00:00+00:00Copyright (c) 2022 Diktel Multiple Campus, Research Management Cellhttps://nepjol.info/index.php/dmcj/article/view/57512Effect of gender on mathematics achievement in Class Eight at Khotang District2023-08-11T08:54:37+00:00Padam Bahadur Bista Chhetripbbusta377@gmail.com
This study was undertaken to assess gender differences in mathematics achievement. Data was collected by questionnaire, interview schedules and class examination administered previously on 2075. The accessible population was teachers of mathematics, class eight students from selected secondary schools in Diktel Rupakot Majhuwagadhi Municipality in Khotang District and their Parents. Two community school and one institutional school were selected by purposively. 18 boys and 18 girls’ progress report were selected from each school six boys and six girls by random sampling. six parent two from each school representing one boy and one girl were selected purposively. Three mathematics teachers were selected. Data were collected from teacher and parents by questionnaire and interview schedules. It is found that there is gender difference in mathematics achievement in class eight. Specially, boys’ achievement in mathematics is better than girls’ achievement in mathematics. It is also found that causes of comparatively poorer achievement of girls are rapid physical growth, over responsibility at home and at school.
2022-07-01T00:00:00+00:00Copyright (c) 2022 Diktel Multiple Campus, Research Management Cellhttps://nepjol.info/index.php/dmcj/article/view/57513Guardians' Attitudes towards Online Class in Ditel Rupakot Majhuwagadhi Municipality2023-08-11T08:59:54+00:00Shyam Kumar Raishyamrai054@gmail.com
Lockdown (COVID-19) brought changes in the mode of teaching and learning process. It transformed traditional classes to digital classes. Digital classes are new to the students, guardians and teachers in our society. It might have positive and negative impacts. To find the attitude of guardians towards online classes is the main concern of this study. Its findings assist to the educational planners, teachers and guardians for better improvement of digital classes. The target population for this study were selected from the guardians of Diktel Rupakot Majhuwagadhi Municipality. Stratified and random sampling procedures were applied for the study. Close ended questions were structured and administered to the respondents. The hypothesis of this study was expected to be positive but the result is negative. Almost 80% guardians showed their attitude unsatisfactorily. To make effective and productive digital classes, proper management is highly demanded from local to national government. Lack of trained teachers, insufficient digital devices and its services to the guardians, lack of digital knowledge about handling it are the major obstacles to conduct digital classes.
2022-07-01T00:00:00+00:00Copyright (c) 2022 Diktel Multiple Campus, Research Management Cell