नेवाः संस्कारमा चित्रकलाको प्रयोग

Authors

  • वज्रमुनि Bajramuni वज्राचार्य Bajracharya नेपालभाषा केन्द्रीय विभाग

DOI:

https://doi.org/10.3126/dmcj.v7i6.57692

Keywords:

प्रतिमा, प्रतिबिम्ब, संस्कार, चित्रकला, सौन्दर्य, अलंकार

Abstract

नेपालमण्डलका बासिन्दा नेवारहरुले जीवनलाई आलंकारिक बनाउन जीवनमा अपनाउँदै आइरहेको हरेक संस्कृति र संस्कारका कर्महरुमा मूर्तिकला, वास्तुकला, संगितकला, चित्रकलाको प्रयोग भइरहेको छ। चित्रकला सौन्दर्यको प्रतीक मात्र नभै मानवको अन्तरहृदयको भाव पोख्ने माध्यम पनि हो । त्यसैले कलाको माध्यमबाट मानव सभ्यताको पहिचान हुन्छ । कलाको माध्यमबाट संस्कृतिको जन्म हुन्छ । संस्कृतिले कलालाई जीवन्त बनाउँछ । कला र संस्कृति शरीर र प्राण जस्तै अन्योन्याश्रित सम्बन्ध छ । संस्कृतिको विस्तृत रुप संस्कार हो । यस लेखमा नेवारहरुले जन्मदेखि मृत्युसम्मका संस्कार कर्महरुमा के कस्ता चित्रहरु प्रयोग गरेका छन् ? ती चित्रहरु किन कुन दर्शनबाट प्रभावित भएर प्रयोग गरेका हुन् ? संस्कारमा चित्रकला किन प्रयोग गरिन्छ ? भन्ने प्रश्नको उत्तर खोज्नु यो लेखको उद्देश्य हो । यसको लागि समाजशास्त्र सिद्धान्त अपनाई ब्याख्या विश्लेषण गरिने छ । यो अनुसन्धान स्रोतको रुपमा मुख्य रुपमा पुस्तकहरुको अध्ययन भएको छ । यस अनुसन्धानात्मक लेखको लेखक स्वयं वज्रयानी समाजमा रही संस्कार कर्मको अवलोकन, सहभागी गर्दै आइरहेको हुनाले अनुभव र अवलोकन गरिएका अनुभव र त्यस्तो संस्कारसंग सम्बन्धित फोटोहरु समावेश गरिएको छ । नेवार संस्कारमा विविध कलाको प्रयोग हुने भए तापनि यसमा विशेष गरी नेवारहरुको जीवनमा गरिने संस्कारमा चित्रकलाको प्रयोगलाई केन्द्र बनाई अध्ययन गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
35
PDF
108

Author Biography

वज्रमुनि Bajramuni वज्राचार्य Bajracharya, नेपालभाषा केन्द्रीय विभाग

उपप्रा.डा.

Downloads

Published

2022-07-01

How to Cite

वज्राचार्य Bajracharya व. B. (2022). नेवाः संस्कारमा चित्रकलाको प्रयोग. DMC Journal, 7(6), 75–84. https://doi.org/10.3126/dmcj.v7i6.57692

Issue

Section

Articles