खोटाङ जिल्ला दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नं. ३, बाम्राङको समुदायमा रहेका जातजातीमा खानेपानीको अवस्था
DOI:
https://doi.org/10.3126/dmcj.v7i6.57689Keywords:
विश्लेषण, घरपरिवार, प्रतिशत, खानेपानीAbstract
पानी यस पृथ्वीमा रहेका सजिव वस्तुका लागि अति महत्वपूर्ण वस्तु हो । त्यस मध्ये पृथ्वीको सर्वश्रेष्ठ प्राणीमा मानव जाती पर्दछ । त्यसैले मानव जातीका लागि खानेपानी अति नै महत्वपूर्ण मानिन्छ ताकि उपयुक्त खानेपानीको अभावमा मानिसको वृद्घी विकासमा समेत अवरोध हुने भएका कारण नेपालका विभिन्न भेगमा खानेपानीको पर्याप्तताको अवस्था कस्तो छ भनि सम्पूर्ण भुगोलको प्रतिनिधित्व हुनेगरी खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालीका वडा नं. ३, बाम्राङको खानेपानीको अवस्था सम्बन्धि अध्ययन गरिएको हो । यो अनुसन्धानात्मक लेख खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ३, बाम्राङका समूदायमा परिमाणत्मक तथा गुणात्मक अनुसन्धान विधि अन्र्तगत सम्भाव्य नमूना छनौट विधि मध्ये चिठ्ठा विधिको प्रयोग गरी जम्मा १२० घर नमूनाको लागि छनौट गरीयो । त्यसमध्ये ब्राह्मण ८ घर, क्षेत्री २६ घर, जनजाती ७० घर र दलित १४ घर छनौट गरी आवश्यक प्रश्नावली भराई तथ्याङ्क सङ्कलन गर्दै प्राथमिक श्रोतबाट तथ्याङ्क सङ्कलनका साथ आवश्यक अन्य तथ्याङ्कको लागि द्वित्तीय श्रोत समेतको प्रयोग गरी अनुसन्धानलाई १२० घर परिवारका सदस्यहरुबाट जम्मा १२० जनालाई नमूनाको रुपमा लिई २०७८ साल फाल्गुण महिनामा गरिएको एक सर्वेक्षण बाट ५१.६७ प्रतिशत घर परिवारले धाराको, ४३.३३ प्रतिशत घर परिवारले पाइपको, ३.३३ प्रतिशत घरपरिवारले कुवाको तथा १.६७ प्रतिशत घर परिवारले खोलाको खानेपानी प्रयोग गर्ने गरेको र सबै भन्दा बढिदलित समूदायमा ७१.४२ प्रतिशतले पाइपको माध्यमबाट खानेपानी प्रयोग गर्ने गरेको पाइएको छ भने सबैभन्दा कम ब्राह्मण समूदायमा २० प्रतिशतमा मात्र पाइपको पहँुच भएको पाइएको छ । समग्रमा ३३.३३प्रतिशत घर परिवारमा मात्र घरैमा पानीको पहुँच छ । ब्राह्मण र जनजाती समूदायमा सबैभन्दा बढि४०÷४० प्रतिशत र सबैभन्दा कम दलित समूदायमा १४.२८ प्रतिशत रहेको छ । एक घर एक धाराकोपहुुँच ३१.६७ प्रतिशत घर परिवारमा देखिन्छ भने सबैभन्दा बढि ब्राह्मण समूदायमा ८० प्रतिशत घरधुरीमाधारा रहेको छ भने सबैभन्दा कम दलित समूदायमा १४.२८ प्रतिशत घरधुरीमा धारा रहेको छ ।खानेपानीको पर्याप्ततालाई हेर्दा ८५ प्रतिशत घरधुरीमा पर्याप्त खानेपानीको पहुँच पुगेको देखिन्छ भनेसबैभन्दा बढि दलित समूदायमा सबैले १०० प्रतिशत वा बाह्रै महिना पानी उपभोग गर्न सक्ने देखिन्छ भने ब्राह्मण समूदायका ४० प्रतिशत घरधुरीले मात्र बाह्रै महिना खानेपानी उपभोग गर्न सक्ने देखिन्छ । खानेपानी शुद्धिकरणको ज्ञानको दर ४५ प्रतिशत रहेको छ भने उच्चतम ज्ञानको दर ब्राह्मण समूदायमा८० प्रतिशत देखिन्छ , सबैभन्दा कम दलित समूदायमा १४.२८ प्रतिशत रहेको छ भने क्षेत्री र जनजातीमाक्रमशः ४६.१५ र ४५.७२ प्रतिशत रहेको छ । त्यसैगरी खानेपानी शुद्धिकरण गर्न अवलम्वन गर्ने विधि अन्र्तगत उमालेर प्रयोग गर्ने प्रयोगकर्ताको दर ६० प्रतिशत छ , शुद्धिकरणका कुनै विधि नै प्रयोग नगरी खानेपानी प्रयोग गर्ने प्रयोगकर्ताको दर १० प्रतिशत रहेको छ । त्यसमा दलित, ब्राहमण, क्षेत्री तथा जनजातीको पानी शुद्धिकरणको प्रयोग दर क्रमशः १००, १००, १०० र ८३ प्रतिशत रहेको छ ।