“मफलर युद्ध’मा वर्गीय चेत

Authors

  • तेजविलास Tejbilas अधिकारी Adhikari वाल्मीकि क्याम्पस, काठमाडौँ

DOI:

https://doi.org/10.3126/dmcj.v7i6.57683

Keywords:

लिङ्गभेद, नयाँ यथार्थ, वर्गीय चेतना, असमानता, वर्गीय यात्रा

Abstract

अनिल श्रेष्ठ प्रगतिवादी साहित्यकार हुन् । राष्ट्र र राष्ट्रियताका साथमा जनजीविकाका यावत प्रश्नमा उनले समाधानको उपाय सुझाएका छन् । आफ्नो कवितासङ्ग्रह ‘मफलर युद्ध’ मार्फत् उनले सामाजिक भेदभाव, थिचोमिचो र दमनको विरुद्ध चेतना निर्माण गर्दै समग्र देशवासीको चेतना निर्माण गर्ने बाटोमा साधना गरिरहेका छन् । आफ्नै विशेष काव्य प्रवृत्ति निर्माण गरिसकेका अनिल श्रेष्ठ समकालीन कवितायात्राका एक परिचित व्यक्तित्व बन्न पुगेका छन् । समाजमा हुने आर्थिक–सामाजिक गतिविधिले समाजलाई जागरुक मात्र गराउँदैन । यसका साथै समाजमा रहेका समस्याको अन्त्य गर्न सङ्गठित पनि गर्दछ ।समाजमा एक खाले मानिस प्रतिष्ठा आर्जनको बेलगामे यात्रामा दौडिरहेका छन् भने अर्को खाले मानिस गाँस, बास र कपासको पिरलोमा रुमलिरहेका छन् । समाज परिवर्तनको आधार बनेका श्रमजीवि वर्ग अझैआफ्नो श्रमको उचित मूल्यविना अस्तित्वको सङ्कटमा छ भने श्रमको शोषण गरेर खाने वर्गको संरक्षणमा राज्य नयाँ नयाँ असफलताका मानकहरू स्थापना गरिरहेको छ । एकातिर सत्ताको दमनकारी नीति हावी भइरहेको छ भने अर्को तर्फ श्रमिकको जीवन समाप्त पार्न सत्ता सहयोगीहरू उत्साहित भएका छन् । सत्ताको दम्भी सोचलाई जनताको चेतनाको स्वरले मात्र जवाफ दिन सक्छ भन्ने निष्कर्ष यस कवितासङ्ग्रहको रहेको छ । यही सेरोफेरोमा कविता सङ्ग्रहभित्रका कविताहरूले विचार अभिव्यक्त गरेका छन् । नेपाली समाजको पछिल्लो स्थिति र बढ्दै गएको जनताको चेतनाले एकदिन गुणात्मक परिवर्तन सम्भव छ भन्ने निष्कर्ष यस लेखमा प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
31
PDF
49

Author Biography

तेजविलास Tejbilas अधिकारी Adhikari, वाल्मीकि क्याम्पस, काठमाडौँ

उपप्राध्यापक

Downloads

Published

2022-07-01

How to Cite

अधिकारी Adhikari त. T. (2022). “मफलर युद्ध’मा वर्गीय चेत . DMC Journal, 7(6), 25–35. https://doi.org/10.3126/dmcj.v7i6.57683

Issue

Section

Articles