नेपालमा सहकारी अभियानबाट सिर्जित अवसर एवम् सञ्चालनका चुनौतीहरू
DOI:
https://doi.org/10.3126/djci.v3i1.79707Keywords:
उत्पादनशील, नियमन, प्रजातान्त्रिक, सहकार्य, सहकारी आन्दोलन, स्वायत्तताAbstract
सहकारी प्रणाली आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथै अभाव, गरिबी र विपन्नता कम गर्न विश्वव्यापी रूपमै उपयोगी देखिएको छ । नेपालका सन्दर्भमा पनि सहकारी अभियानले आर्थिक, सामाजिक र सामुदायिक विकासका क्षेत्रमा उल्लेखनीय भूमिका खेल्दै आएको देखिन्छ । यसो भए पनि सहकारी प्रणालीसम्बद्ध संस्थागत सुशासन र प्रभावकारी सञ्चालनसम्बन्धी समस्याहरू देखिएका छन् । यस अध्ययनले सहकारी अभियानबाट सृजित अवसर र सञ्चालनका चुनौतीहरूको विश्लेषण गर्दै आवश्यक सुधारका लागि उपायहरूको खोजी गर्ने उद्देश्य राखेको छ । यो अध्ययनमा प्राथमिक र द्वितीयक दुबै स्रोतका सामग्रीहरूको उपयोग गरिएको छ । सहकारीका अभियानसँग लामो समयसम्म आबद्ध व्यक्तिहरूसँग प्रमुख सूचनादाताका रूपमा अन्तर्वार्ता र सहकारी सञ्चालनका सम्बद्ध पक्षहरूसँग लक्षित समूहगत छलफल गरी क्षेत्रकार्यका माध्यमबाट प्राथमिक स्रोतका सामग्री सङ्कलन गरिएको छ । यसैगरी सहकारी अभियानका सम्बन्धमा उपलब्ध ऐतिहासिक तथ्यहरू, लेख, पुस्तक, नीति नियम र प्रतिवेदनलगायतका द्वितीयक स्रोतका सामग्री पुस्तकालयकार्यका माध्यमबाट सङ्कलन गरिएको छ । प्राप्त तथ्याङ्क र विवरणहरूलाई वर्णनात्मक र विश्लेषणात्मक विधिको उपयोग गरी अध्ययन गरिएको छ । यस अध्ययनबाट विशेष गरी मध्यम तथा न्यून आय भएका सहरी एवम् ग्रामीण क्षेत्रमा वचतको परिचालन, सहुलियत र सहज कर्जा प्राप्तिमार्फत आर्थिक तथा लैङ्गिक सशक्तीकरण, सामुदायिक सचेतना, प्रजातान्त्रिक अभ्यास, रोजगारी सिर्जनालगायतका क्षेत्रमा सहकारी संस्थाहरूले योगदान पु¥याउँदै आएका र समसामयिक चुनौतीको समाधान गर्न आवश्यक नीतिगत सुधार गरेर अघि बढाइएमा नेपालमा सहकारी अभियानबाट गरिबी निवारण गरी आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने देखिएको निष्कर्ष प्राप्त भएको छ । यस अध्ययनबाट शीर्षकसम्बद्ध विषयमा थप खोजकार्यका लागि मार्गदर्शन हुने अपेक्षा गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 Author

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license allows others to use, distribute, and build upon your work, as long as they provide attribution to you as the original creator. However, the license restricts commercial use of the work, meaning others cannot use it for commercial purposes without seeking additional permissions or licensing agreements.