पर्वत राज्यमा आयका स्रोतहरू : एक ऐतिहासिक तथ्य विश्लेषण

Authors

DOI:

https://doi.org/10.3126/djci.v3i1.79684

Keywords:

अर्थव्यवस्था, आयस्रोत, खानी, जागिर, व्यवसाय, पर्वत राज्य

Abstract

पर्वत तत्कालीन नेपालको चौबीसे राज्यअन्तर्गत पर्ने शक्तिशाली राज्य हो । यस लेखमा ऐतिहासिक कालखण्डको शक्तिशाली पर्वत राज्यको आयकरका स्रोतहरूलाई अध्ययनको विषय बनाइएको छ । तत्कालीन पर्वत राज्यका आर्थिक पक्षहरूको खोजमूलक अध्ययन गर्ने उद्देश्यमा केन्द्रित यस लेखका लागि उद्देश्यमूलक नमुना छनोट विधिका आधारमा अध्ययनको क्षेत्र चयन गरिएको छ । ऐतिहासिक तथा तुलनात्मक अनुसन्धान ढाँचामा आधारित रहेर गरिएको यस अध्ययनमा वृतान्त, जनश्रुति, जानकार व्यक्तिबाट प्राथमिक स्रोतका सामग्रीका साथै अभिलेख, वंशावली, प्रकाशित पुस्तक तथा लेखहरूलाई द्वितीयक स्रोतका सामग्रीका रूपमा उपयोग गरिएको छ । ऐतिहासिक तथ्यलाई आधार बनाएर पर्वत राज्यका आयका स्रोतहरूमा अध्ययनलाई सीमित गरिएको छ । यस विषयमा केन्द्रित भएर अहिलेसम्म गहन अध्ययन हुन नसकेको रिक्ततालाई परिपूर्ति गर्न प्राप्त हुन आएका सूचना एवम् तथ्यहरूलाई विश्लेषण गरी यो खोजमूलक लेख तयार गरिएको हो । पूर्वमध्यकालमा धवलागिरि क्षेत्रमा धवलस्रोत र मंग्वर राज्य भएको उल्लेख छ । हिमालको काखबाट बग्ने म्याग्दी नदी र रघुगङ्गाको आसपासको क्षेत्रलाई धवलस्रोत क्षेत्र तथा वर्तमान बागलुङ जिल्लाको निसीभुजी अर्थात् लाममेला र तमान मंग्वर क्षेत्रको केन्द्र भएको पाइएको छ । पर्वत राज्यमा कृषि तथा पशुपालन व्यवसाय, उद्योग तथा व्यापार र खानीले प्रभाव जमाएको पाइन्छ । त्यसबेला मापनका लागि मुठी, चिम्टी, सेर, बिसौनी, धार्नी, माना, पाथी, कुरुवा आदिको प्रयोग हुने गरेको पाइएको छ । पर्वत राज्यमा तामाका मुद्रा टङ्कन गर्न थालिएको भए तापनि ग्रामीण क्षेत्रमा वस्तुविनिमय प्रथा नै प्रचलनमा रहेको देखिन्छ । पर्वतका राजाहरूले आफूले गरी दिएका कागजपत्र वा ताम्रपत्रहरूमा आफ्नो मुद्रा छाप लगाइदिने गरेको पाइन्छ । कुत, कर र जिन्सीबाट राज्यले आय प्राप्त गर्ने गरेको पाइएको छ । सार्वजनिक निर्माणका कार्यमा झारा प्रथा अनिवार्य भएकाले यसबाट हुने लागत वचत पनि आयको मुख्य स्रोत देखिन्छ । तत्कालीन पर्वत राज्य आर्थिक दृष्टिले स्वावलम्बी र आत्मनिर्भर थियो भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ । यो लेख निति निर्माणकर्ता, स्थानीय सरकार र यस विषयमा थप अध्ययन गर्न चाहने अनुसन्धाताहरूलाई उपयोगी हुनेछ ।

Downloads

Download data is not yet available.
Abstract
113
PDF
60

Author Biography

Sudarshan Silwal, Dhawalagiri Multiple Campus, Baglung

Sudarshan Silwal is an Associate Professor of Economics, at Tribhuvan University, Nepal. He has got PhD in Local finance. His area of study is municipal finance and development studies.

 

Downloads

Published

2025-06-02

How to Cite

Silwal, S. (2025). पर्वत राज्यमा आयका स्रोतहरू : एक ऐतिहासिक तथ्य विश्लेषण. Dhaulagiri Journal of Contemporary Issues, 3(1), 123–132. https://doi.org/10.3126/djci.v3i1.79684

Issue

Section

Articles