साङ्केतिक भाषाका सन्दर्भमा नेपाली साङ्केतिक भाषा
DOI:
https://doi.org/10.3126/djci.v2i1.67448Keywords:
नेपाली साङ्केतिक भाषा, साङ्केतिक भाषा, साङ्केतिक भाषाको विकास, साङ्केतिक भाषाका प्रकारAbstract
प्रस्तुत लेख साङ्केतिक भाषा र नेपाली साङ्केतिक भाषाको अध्ययनमा आधारित रहेको छ । यस लेखमा साङ्केतिक भाषासम्बद्ध विभिन्न पक्षहरूको सूक्ष्म समीक्षण गरिएको छ । साङ्केतिक भाषाको सैद्धान्तिक परिचय दिनु, साङ्केतिक भाषाको विकासक्रम प्रस्तुत गर्नु, साङ्केतिक भाषाका प्रकार उल्लेख गर्नु, नेपाली साङ्केतिक भाषाको परिचय दिनु, नेपाली साङ्केतिक भाषाको विकासक्रम उल्लेख गर्नु र नेपाली साङ्केतिक भाषाका विशेषताहरू प्रस्तुत गर्नु यस लेखका मूलभूत उद्देश्य रहेका छन् । प्रस्तुत लेखमा मूलतः गुणात्मक अनुसन्धान विधिको प्रयोग गरिएको छ । यसमा सोद्देश्यमूलक तरिकाले सामग्रीहरूको सङ्कलन गरिएको छ । प्रस्तुत लेख तयारीका क्रममा साङ्केतिक भाषा र यससम्बद्ध विविध पक्षका बारेमा चर्चा गरिएका अङ्ग्रेजी, नेपाली सैद्धान्तिक पाठ्यपुस्तकहरूलाई प्राथमिक सामग्रीका रूपमा लिइएको छ र तिनको अध्ययनबाट प्राप्त तथ्यहरूको अध्ययन विश्लेषण गरिएको छ । जसका आधारमा साङ्केतिक भाषाको प्रयोगमा हात र यसका विभिन्न भागहरूको प्रयोग हुने गरेको, साङ्केतिक भाषाको प्रयोग बोली भाषाभन्दा पहिलेदेखि नै गरिएको, नेपाली साङ्केतिक भाषाको आफ्नै किसिमको प्रयोग, व्यवहार रहेकोलगायतका निष्कर्ष निकालिएको छ । प्रस्तुत लेखले साङ्केतिक भाषा र नेपाली साङ्केतिक भाषाका बारेमा जानकारी लिन चाहने, यस क्षेत्रमा अनुसन्धान गर्ने शिक्षक, विद्यार्थी, शोधार्थी, लेखक तथा विषय विशेषज्ञलगायतलाई आवश्यक कुराहरू अधिगत गर्न सघाउ पु¥याउने अपेक्षा गरिएको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2024 Keshav Prasad Bhusal
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license allows others to use, distribute, and build upon your work, as long as they provide attribution to you as the original creator. However, the license restricts commercial use of the work, meaning others cannot use it for commercial purposes without seeking additional permissions or licensing agreements.