पूर्वीय भाषिक चिन्तन परम्परा
DOI:
https://doi.org/10.3126/dj.v6i1.72087Keywords:
भाषिक, लौकिक, वैदिक व्याकरण, सम्प्रदायAbstract
प्रस्तुत लेखमा ऐतिहासिक भाषाविज्ञानको अवधारणाका आधारमा पूर्वीय भाषिक चिन्तनपरम्पराका बारेमा अध्ययन गरिएको छ । यस लेखमा द्वितीयक स्रोत वा सन्दर्भ स्रोतका सामग्रीको उपयोगगरिएको छ । यस लेखका लागि आवश्यक सामग्री पुस्तकालयीय कार्यका आधारमा सङ्कलन गरिएको छ। यस लेखमा पूर्वीय भाषिक चिन्तनको परम्परालाई मूलतः वैदिक संस्कृत र लौकिक संस्कृतमा विभाजनगरिएको छ । यस लेखमा पूर्वीय भाषिक चिन्तन परम्परामा देखापरेका प्रमुख वैयाकरण र सम्प्रदायकोसङ्क्षेपमा चिनारी दिई तिनले भाषिक अध्ययनका क्षेत्रमा दिएका मुख्य योगदान र तिनका विशेषताहरूकाबारेमा चर्चा गरिएको छ । यस लेखमा वैदिक संहितामा भाषाका बारेमा चिन्तन गरिएको भए पनिभाषिक चिन्तनको समृद्धशाली परम्परा लौकिक संस्कृतमा आएर मात्र देखिएको कुरा स्पष्ट पारिएको छ ।पूर्वीय भाषिक चिन्तन परम्परालाई समुन्नत गराउने कार्य पाणिनि, कात्यायन र पतञ्जिलिबाट भएकोकुरा उल्लेख गर्दै यिनैका भाषा विषयक अवधारणामा आजको भाषिक अध्ययन उभिएको छ भन्ने निष्कर्षयस लेखमा निकालिएको छ । पूर्वीय भाषिक चिन्तनमा मात्र नभई पाश्चात्य भाषिक चिन्तनलाई समेतव्यवस्थित बनाउने कार्य मुनित्रयको व्याकरणिक कार्यबाट भएको र आजको भाषाको वैज्ञानिक अध्ययनकोजग यिनै वैयाकरणले स्थापना गरिदिएको विषय यस लेखमा आएको छ । यस लेखमा पूर्वीय भाषिकअध्ययनलाई पूर्व पाणिनि युग, पाणिनि युग र उत्तर पाणिनि युग गरी तीन चरणमा विभाजन गरी पाणिनियुग नै पूर्वीय भाषिक चिन्तनको स्वर्ण युग रहेको र उत्तर पाणिनि युगमा पनि पाणिनि युगकै निरन्तरतारहेको विषय निष्कर्षका रूपमा आएको छ ।)