साङ्ग्रिला हृदय निबन्धमा पर्यावरणीय चेतना

Authors

DOI:

https://doi.org/10.3126/cdj.v33i47.83477

Keywords:

अनुकूलन, पर्यावरणमैत्री भाषा, पर्यावरणीय वासस्थान, संरक्षणकविता आन्दोलन, साहित्यिक सन्त्रास

Abstract

बूढो   प्रस्तुत लेख भूपिनको ‘साङ्ग्रिला हृदय’ निबन्धको पर्यावरणीय चेतनाको विश्लेषण र मूल्याङ्कनमा आधारित छ । पर्यावरणीय चेतनाको अभिव्यक्ति भौतिक प्रकृति, वनस्पति र प्राणीको अन्तरसम्बन्धबाट हुन्छ । यस लेखमा ‘साङ्ग्रिला हृदय’ निबन्धमा पर्यावरणीय चेतनाको प्रतिनिधित्व कसरी भएको छ भन्ने मूल समस्याको समाधानका लागि निबन्धमा अभिव्यञ्जित प्राकृतिक एवम् सांस्कृतिक वातावरणको साहित्यिक प्रतिनिधित्व, पर्यावरणसँग संस्कृतिको सम्बन्ध, मान्छे र पर्यावरणको अन्तर्सम्बन्ध तथा पर्यावरणमैत्री भाषाको प्रतिनिधित्व जस्ता प्रतिमानको उपयोग गरिएको छ । प्रस्तुत लेखको सैद्धान्तिक ढाँचाको मूल आधार चेरिल ग्लोटफेल्टी र ह्यारोल्ड फ्रोम (१९९६) को कृतिमा प्रस्तुत पर्यावरणीय समालोचना सिद्धान्त रहेको छ । पर्यावरणीय चक्रसँग सम्बन्धित भौतिक प्रकृति र मान्छेसँगसम्बद्ध विषय रहँदारहँदै पनि पर्यावरणीय समालोचनालाई अन्तरविषयक समालोचना पद्धतिका रूपमा साहित्यले सहजै अङ्गीकार गरेको छ । यसले साहित्यिक पाठमा रहेका प्राकृतिक वातावरणको प्रतिनिधित्व, आशय, पर्यावरणीय संस्कृति, मान्छे र पर्यावरणको अन्तर्सम्बन्धको जस्ता पक्षहरूको खोजी गरी तिनको प्रयोजनपरक ढङ्गले विश्लेषण गर्ने काम गर्दछ । ‘साङ्ग्रिला हृदय’ निबन्धको पर्यावरणीय चेतनाको विश्लेषणअन्तर्गगत यस लेखमा प्राकृतिक वातावरणको साहित्यिक प्रतिनिधित्व, पर्यावरणसँग संस्कृतिको सम्बन्ध, मान्छे र पर्यावरणको अन्तर्सम्बन्ध र पर्यावरणमैत्री भाषाको प्रतिनिधित्व विश्लेषणका माध्येमबाट पर्यावरणीय चेतना पहिचान गरिएको छ, जसमा संरक्षण कवितायात्राका क्रममा भएको लेखकको प्रकृतिसँगको आत्मीय साक्षात्कार र त्यहाँको स्थानीय जीवनशैलीे देखाएका पर्यावरणमैत्री व्यवहारबाट पृष्ठपोषित हुँदै प्रस्तुत निबन्ध पर्यावरणीय चेतना प्रकट गर्न सफल रहेको निष्कर्ष निकालिएको छ ।वरण’ शीर्षकको प्रस्तुत लेख आख्यानकार डी.

Downloads

Download data is not yet available.
Abstract
61
PDF (नेपाली)
30

Published

2025-08-27

How to Cite

Sharma, B. (2025). साङ्ग्रिला हृदय निबन्धमा पर्यावरणीय चेतना. Curriculum Development Journal, 33(47), 169–180. https://doi.org/10.3126/cdj.v33i47.83477

Issue

Section

Articles