‘नयाँ अठोट’ कविताको सांस्कृतिक अध्ययन

Authors

  • Chaturbhujlal Das Kewarat पाटन संयुक्त क्याम्पस, पाटनढोका, ललितपुर

DOI:

https://doi.org/10.3126/cdj.v33i47.83476

Keywords:

उत्पीडन, शक्तिसम्बन्ध, शासन, शोषण, सामाजिक न्याय

Abstract

‘नयाँ अठोट’ प्रगतिवादी कवि जगदीश चन्द्र भण्डारीद्वारा रचित समाजवादी यथार्थवादी कविता हो । प्रस्तुत कवितामा नेपालको ऐतिहासिक सन्दर्भ, दमन, शक्तिविमर्शका साथै सीमान्तीकृत वर्ग, जाति, समुदाय, लिङ्ग, क्षेत्रका विविध विषयवस्तुको यथार्थपरक प्रस्तुति छ । विवेच्य कविताको बारेमा हालसम्म सांस्कृतिक विमर्शका दृष्टिकोणबाट अनुसन्धान नभएकाले यही नै प्रस्तुत अध्ययनको मुख्य समस्या हो । यही समस्याको प्राज्ञिक समाधानको लागि प्रस्तुत अध्ययन गरिएको हो । सांस्कृतिक अध्ययनअन्तर्गत बहुविषयहरू पर्दछन् । प्रस्तुत अध्ययनमा विषयवस्तुको ऐतिहासिक सन्दर्भ, राष्ट्रियताको प्रश्न,  वर्गीयता, प्रभुत्व र प्रतिरोध मात्रको अध्ययन गरिएको छ । यस अनुसन्धानमा ‘नयाँ अठोट’ कवितालाई प्राथमिक सामग्रीको रूपमा प्रयोग गरिएको छ भने सांस्कृतिक अध्ययनको सैद्धान्तिक विषयवस्तु र कविताको विश्लेषणका क्रममा पुष्ट्याइँका लागि प्रयुक्त सामग्रीहरूलाई द्वितीयक सामग्रीको रूपमा प्रयोग गरिएको छ । विवेच्य कविताको अध्ययनका लागि पुस्तकालयीय कार्यबाट सामग्री सङ्कलन गरिएको छ । प्रस्तुत कवितालाई पाठमा आधारित विश्लेषण विधिको प्रयोग गरी  व्याख्या गरिएको छ ।  यस कवितामा राज्य संरचनामा शासक वर्गका ज्यादती, तिनका अन्याय, अत्याचार, आर्यनश्लीय एवम् कथित उच्च जातीय दम्भले गर्दा  सीमान्तीकृत वर्ग, जाति, जनजाति, भाषाभाषीका नागरिकहरू सामाजिक न्याय पाउनबाट वञ्चित रहेका तथ्यको खोलुवा गरिएको छ । यसका साथै देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राजनीतिक व्यवस्था आइसक्ता पनि निम्न वर्ग एवम् सीमान्तीकृत जाति, समुदाय, लिङ्ग, भाषिक समुदाय तथा क्षेत्र विशेषका सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक जीवनशैलीमा ताङ्खिवक अन्तर नआएको हुँदा कविले आक्रोश व्यक्त गर्दै नयाँ कोणबाट क्रान्ति गर्नुपर्ने उद्घोषसमेत गरेका छन् ।

Downloads

Download data is not yet available.
Abstract
52
PDF (नेपाली)
26

Published

2025-08-27

How to Cite

Kewarat, C. D. (2025). ‘नयाँ अठोट’ कविताको सांस्कृतिक अध्ययन. Curriculum Development Journal, 33(47), 153–168. https://doi.org/10.3126/cdj.v33i47.83476

Issue

Section

Articles