शाकुन्तल महाकाव्यमा प्रकृतिचित्रण र सौन्दर्यचेतना
DOI:
https://doi.org/10.3126/cdj.v31i45.68995Keywords:
अलङ्कार, अन्तःसाङ्गीतिकता, आध्यात्मिकता, दिव्यसौन्दर्य, मानवीकरणAbstract
महाकवि लक्ष्मीप्रसाद देवकोटाको शाकुन्तल महाकाव्यमा अभिव्यञ्जित प्रकृतिचित्रण तथा सौन्दर्य चेतनाका आधारमा यस महाकाव्यका विशेषताहरूको पहिचान गर्नमा केन्द्रित प्रस्तुत अनुसन्धानात्मक लेखका निम्ति आवश्यक सामग्रीको सङ्कलन पुस्तकालयीय स्रोतका आधारमा गरिएको छ । उद्देश्यमूलक नमुना छनोट विधिबाट काव्यांशको छनोट गरी पाठविश्लेषण विधिबाट निष्कर्षमा पुगिएको यस लेखमा प्रकृतिचित्रण तथा सौन्दर्य चेतनाका आधारमा शाकुन्तल’ महाकाव्यका विशेषताहरूको विश्लेषण गरिएको छ । प्रकृतिलाई आलम्बनका रूपमा
भन्दा उद्दीपनका रूपमा अधिक चित्रण गरिएको यस महाकाव्यमा आन्तरिक आध्यात्मिकता र प्राकृतिक रमणीयताका बीचको सहसम्बन्धको प्रतिपादन गर्दै प्रकृतिलाई ममतामयी जननीसँग समीकरण गरिएको र प्रकृतिलाई दिव्यसौन्दर्यका रूपमा हेरी त्यसको अन्तर्तहसम्म पुगेर चित्रण गरिएको कुरा ठम्याइएको छ । त्यस्तै मुसलधारे वर्षाजस्तो प्रातिभ प्रवाहको बाढीमा ढुङ्गा, माटो, बालुवा आदि सबै भए पनि गहिरो प्राज्ञिक दृष्टिले गवेषण गर्दा त्यसभित्र मोतीका कण तथा उज्याला मणि–माणिक्यहरू पनि प्राप्त गर्न सकिने र शिल्पसौन्दर्यका रूपमा आएका रससौन्दर्य, अलड्ढारसौन्दर्य, साङ्गीतिक वा लयात्मकसौन्दर्यका साथै समग्र कलासौन्दर्यले यसलाई चमत्कारपूर्ण महाकाव्यको रूप दिएको विचार व्यक्त गरिएको छ । भावसौन्दर्य र शिल्पसौन्दर्यको सघन संयोजनमा शिल्पसौन्दर्यलाई भावसौन्दर्यको चमत्कारिताले छोपे पनि शिल्पसौन्दर्यको कँुदाइ, कटाइ, छँटाइ, तछाइ र चमकदार पालिसभन्दा भिन्नै मसिना शिल्पसौन्दर्य महाकाव्यभरि व्याप्त हुनु र कविको भावुक आत्माले कलाको दिव्य पखेटा लगाएर उडेको देख्न सकिने प्रशस्त ठाउँहरू हुनु नै ‘शाकुन्तल’ महाकाव्यको सौन्दर्यचेतनाको विशिष्टता रहेको निष्कर्ष दिइएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Curriculum Development Centre, Tribhuvan University