बुद्धः राहुलको रोदन सुनेपछि कवितामा बन्धन र मोक्ष चिन्तन
DOI:
https://doi.org/10.3126/cdj.v31i45.68994Keywords:
अविद्या, जीव, पुनर्जन्म र ब्रह्मAbstract
‘बुद्धः राहुलको रोदन सुनेपछि’ कवितामा बन्धन र मोक्ष चिन्तन शीर्षकको यस लेखमा पूर्वीय दर्शनका बन्धन र मोक्षसँग सम्बन्धित अवधारणाका आधारमा बन्धन र मोक्षसम्बन्धी दार्शनिक चिन्तन प्रस्तुत गरिएको छ । यस क्रममा उपनिषद, गीता, साङ्ख्य, वेदान्त, जनक र बौद्ध दर्शनमा बन्धन र मोक्षलाई के कसरी हेरिएको छ भन्ने दार्शनिक मान्यताहरू अति सङक्षिप्त रूपमा प्रस्तुत गर्दै कविका बन्धन र मोक्षसम्बन्धी चिन्तनलाई कवितामा व्यक्त विभिन्न साक्ष्यका आधारमा विश्लेषण गरिएको छ । यस कवितामा राहुलको रोदन सुनेपछि बुद्धको मानसिकतामा जागृत सांसारिक मोह तथा विषयप्रतिको आशक्ति प्रस्तुत गर्दै अन्ततः जगत्का सबै सम्बन्ध र विषयहरू क्षणिक र अस्थायी हुन्, तिनको मोहले मनुष्यलाई चिरसुख प्रदान गर्न सक्दैन । त्यसैले त्यस्ता क्षणिक सुखमा आफू रमाउन नसक्ने भई ज्ञानरूपी ज्योति पाउन आफू अग्रसर भएको बुद्धको मानसिकतालाई कविकल्पनाद्वारा प्रस्तुत गरिएको छ । अतः यस कवितामा कविका बन्धन तथा मोक्षसम्बन्धी चिन्तन व्यक्त भएको निष्कर्ष यस लेखमा निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Curriculum Development Centre, Tribhuvan University