निबन्ध लेखन शिक्षण विधि र प्रक्रिया
DOI:
https://doi.org/10.3126/cdj.v31i45.68991Keywords:
आन्तरिक संरचना, बाह्य संरचना, विद्यार्थी अभिनय विधि, समीक्षा फाराम, साहित्येतर गद्य लेखनAbstract
प्रस्तुत शोधलेखमा स्नातक तह अनिवार्य नेपाली विषयमा गरिने निबन्ध लेखन शिक्षणका विधि र प्रक्रियाबारे समीक्षा गरिएको छ । निबन्ध लेखन भाषिक अभिव्यक्तिको विशिष्ट परिष्कृत
गद्यरूप हो । यसको शिक्षण लेखन सिप विकासका लागि गरिन्छ । यस तहको निबन्ध लेखन शिक्षण स्वतन्त्र एवम् आत्मपरकदेखि निर्देशित वस्तुपरक निबन्ध लेखनका साथै निबन्धात्मक प्रश्नोत्तर हुँदै शोधलेखनसम्मको व्यापक आयामतर्फ उन्मुख छ । यसै सन्दर्भमा प्रस्तुत लेख स्नातक तहमा निबन्ध लेखन शिक्षण के कसरी गराउन सकिन्छ भन्ने समस्यामा केन्द्रित रहेर यसको समाधान खोजिएको छ । यसका लागि निबन्ध, निबन्ध लेखन र यसको शिक्षण प्रक्रिया सम्बन्धका द्वितीयक स्रोतका सामग्रीबाट सन्दर्भको खोजी गरिएको छ र तिनलाई स्नातक तहको पाठ्यक्रमले तय गरेको विशिष्ट उद्देश्य र यसको प्रयोग–सन्दर्भका परिप्रेक्ष्यमा विश्लेषण गरिएको छ । यस क्रममा व्याख्या एवम् विश्लेषण विधिको प्रयोग गरी निबन्ध शिक्षणको औचित्य र यसको शिक्षण प्रक्रिया निक्र्यौल गरिएको छ । यस आधारमा निबन्ध लेखन शिक्षणका सन्दर्भमा निबन्ध लेख्नुअघि मानसिक तयारी, विषय र शीर्षक छनोट, सीमाङ्कन, प्रापक निर्धारण, उद्देश्य निर्धारण, युक्ति, अभिव्यक्ति वा शैली निर्धारण, बुँदा र अनुच्छेद योजनामा ध्यान दिनुपर्छ भने यो लेखिसकेपछि निबन्ध समीक्षा फारामको प्रयोग
गरी परिष्कार र परिमार्जन गर्नुपर्छ भन्ने निष्कर्ष निकालिएको छ । यसको शिक्षण प्रक्रियामा अनुमानित अनुच्छेदका आधारमा विद्यार्थी समूह बनाई अभिनय विधिका माध्यमबाट निबन्धको बाह्य संरचनाको अवधारणा प्रष्ट पार्न सकिन्छ । त्यस्तै यसको आन्तरिक संरचनाको शिक्षणका लागि अनुच्छेद योजना र यसको संरचनाबारे सोदाहरण शिक्षण गर्न सकिन्छ ।
यसरी गरिएको निबन्ध लेखनको शिक्षणले विद्यार्थीको साहित्यिक एवम् साहित्येतर गद्य लेखन क्षमताको विकासमा सहयोग गर्छ भन्ने निष्कर्ष निकालिएको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
© Curriculum Development Centre, Tribhuvan University