परिभाषित प्रेम कथामा समाख्यानात्मक काल Paribhashit Prem Kathama Samakhyatmak Kal

Authors

  • Anupama Regmi

DOI:

https://doi.org/10.3126/cdj.v29i43.41088

Keywords:

असङ्गति, घटना काल, समाख्यानात्मक व्रmम, समाख्यायित काल, सामयिक आयाम

Abstract

प्रस्तुत लेखमा बेन्जु शर्माद्वारा लिखित ‘परिभाषित प्रेम’ कथामा प्रयोग भएको समाख्यानात्मक कालको खोजी गरी त्यसको कथागत प्रभावकारिता पहिल्याइएको छ । साहित्यिक कृतिबाट तथ्यको खोजी गरी समाख्यानात्मक कालको सैद्धान्तिक आधारमा विश्लेषण गरिएकाले अध्ययन गुणात्मक प्रकृतिको छ साथै अध्ययनमा विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ । समाख्यानमा प्रस्तुतीकरणको (रिप्रेजेन्टेसनल) काल र प्रस्तुत भएको (रिप्रेजेन्टेड) काल अर्थात् सङ्केतक काल र सङ्केतित काल गरी दुई किसिमले कालको प्रस्तुति भएको हुन्छ । आख्यानमा प्रस्तुत घटनाको समय, घटनाको व्रmम, पात्रका मनोदशा, विचार उत्पन्न हुँदाका समय, घटनाको आवृत्ति र घटना प्रस्तुत गर्दा लेखकले प्रयोग गरेको काल (टेन्स) का आधारमा समाख्यान कालबारे अध्ययन गर्न सकिन्छ । ‘परिभाषित प्रेम’ कथामा घटना काल अर्थात् प्रस्तुतीकरणको काल र समाख्यायित काल अर्थात् प्रस्तुत भएको काल भिन्नाभिन्नै छ । यस कथामा घटना काल दुई दिनको भए पनि समाख्यायित काल चालिस वर्षको छ । कथामा पूर्ण वर्तमान कालको प्रयोगले कथामा अग्रभूमीकरण गरेको छ भने पात्रको मनको निश्चितता देखाउन भविष्यत्कालको प्रयोग गरिएको छ । भूतकालिक प्रयोगले पात्रको स्थितिबोध गराएका छन् भने वर्तमान कालमा समाख्यानात्मक व्रmमको प्रस्तुति भएको छ । यस कथामा प्रस्तुत समाख्यायित कालको विषय मूल पात्रको विगतको सङ्घर्ष र स्थिति हो । लेखमा विवेचित कथाको समाख्यानात्मक व्रmम अघि बढ्दा वर्तमान कालको प्रयोग भएकाले कथामा दृश्यात्मकता र प्रभावकारितामा वृद्धि भएको, पाठकमा कौतुहलता सिर्जना गर्नमा घटना कालले र कौतुहलताको शमन गरी पाठकमा आत्मसन्तुष्टि प्रदान गर्नमा समाख्यायित कालले भूमिका खेलेको, ‘परिभाषित प्रेम’ कथाको संरचना मिश्रित हुनुमा समाख्यानात्मक कालको भूमिका रहेको निष्कर्ष प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
108
PDF
83

Downloads

Published

2021-11-30

How to Cite

Regmi, A. . (2021). परिभाषित प्रेम कथामा समाख्यानात्मक काल Paribhashit Prem Kathama Samakhyatmak Kal. Curriculum Development Journal, 29(43), 175–187. https://doi.org/10.3126/cdj.v29i43.41088

Issue

Section

Articles