व्याकरणिक र कोशीय संसक्ति र सम्बद्धन Byakaranik ra Koshiya samsakti ra Sambadhwan
DOI:
https://doi.org/10.3126/cdj.v0i42.33242Keywords:
संसक्ति samsakti, पाठ निर्माण Pth Nirman, सम्बन्ध स्थापना Sambandha sthapana, व्याकरणिक byakaranik, कोशीय Koshiya, सम्बद्धक र सम्बद्धन SmbadwhkAbstract
सङ्कथन अभिव्यक्तिको सिङ्गो कथन हो । यसमा भाषाका सम्पूर्ण एकाइहरू समाविष्ट भएका हुन्छन् । सम्पे्रषणमूलक हुनु सङ्कथनको प्रमुख विशेषता हो । यसमा गफ, कुराकानी, संवाद, छलफल, अन्तर्वार्ता आदि अन्तक्र्रियात्मक कथन अभिव्यक्तिका साथै एकालापीय अभिव्यक्तिहरू भाषण, प्रवचन, वाचन आदि पनि पर्दछन् । त्यस्तै गरी लेख्य रूपका निबन्ध, चिठी, संस्मरण, जीवनी, विज्ञापन, प्रतिवेदन, सूचना आदि पनि सङ्कथनकै विषय मानिन्छन् । सङ्कथनका भाषिक एकाइलाई अन्वितिपूर्ण बनाउन सम्बद्धक (ऋयजभकष्यल) र सम्बद्धन (ऋयजभचभलअभ) को बढी आवश्यकता पर्दछ । सम्बद्धकलाई संसक्ति पनि भनिन्छ । आपसमा जुटेर रहनु वा टाँसिएर रहनु नै संसक्ति हो । शब्द, पदावली, उपवाक्य र वाक्यका बिचमा सम्बन्ध स्थापित गराउने वा जोड्ने युक्तिहरू नै संसक्ति हुन् । यिनीहरूलाई व्याकरणिक र कोशीय गरी दुई वर्गमा बाँड्न सकिन्छ । सम्बद्धन सङ्कथनको आत्मा हो जुन भाषाको अर्थ पक्षसँग सम्बन्धित हुन्छ । सम्बद्धनले अभिव्यक्तिको वैचारिक सिलसिला जनाउँछ । वाक्यहरूबिच रहेको अन्तरसङ्गति अर्थात् भाव वा अर्थको सिलसिलाबद्ध प्रस्तुति नै सम्बद्धन हो । यसरी सम्बद्धक (संसक्ति) र सम्बद्धनको उपयुक्त मेलबाट मात्रै भाषिक अभिव्यक्ति सार्थक बन्न सक्ने देखिन्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Curriculum Development Centre, Tribhuvan University